arrow

स्वास्थ्यचौकीलाई रोटरीद्धारा स्वास्थ्य उपकरणसहित फर्निचर हस्तान्तरण 

logo
केशव तिवारी, 
प्रकाशित २०७७ माघ २९ बिहिबार
rotary-chitwan.jpg

चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउन भरतपुरले माडी नगरपालिका अन्तर्गत रहेको अयोध्यापुरी स्वास्थ्य चौकीलाई एक कार्यक्रमबीच स्वास्थ्य सम्बन्धी उपकरणलगायत फर्निचर सामग्री हस्तान्तरण गरेको छ । 

चितवनको बिकट क्षेत्र भनेर चिनेने माडी नगरपालिकाको अयोध्यापुरी स्वास्थ्य चौकीमा स्वास्थ्य सम्बन्धी उपकरण र फर्निचरको अभावका कारण त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकले उचित स्वास्थ्य सेवा नपाएको गुनासो आएपछि आफूहरुले रोटरी क्लब अफ सिल्केबर्ग कनेक्ट डेनमार्कसँग सहकार्य गरी उसकै सहयोगमा करिब ६५ लाख बराबरको स्वास्थ्य सम्बन्धी उपकरण  हस्तान्तरण गरिएको र ३० लाख बराबरको उपकरण आउन बाँकी नै रहेको रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष यमनाथ दनैले जानकारी गराए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा डिजी राजिव पोख्रेल, असिस्टेन्ट गभरमेण्ट रमेश श्रेष्ठ, सचिव सुशील रिजाल, रोटरी क्लब अफ नारायणी मिड टाउनका पूर्व अध्यक्ष डा. केशव भुर्तेल, रबिन्द्र बज्राचार्य, फस्ट लेडी राजकुमारी शर्मा दनै, क्लबका सचिव भुपेन्द्र कुमार श्रेष्ठ , रोटरीएन ई. बिराज घिमिरे, रामचन्द्र लम्साल, टिकाराम घिमिरे, रामचन्द्र पिया, दिपेश श्रेष्ठ , वरिष्ठ उपाध्यक्ष अर्पन प्रधान भण्डारी प्राइम कन्ट्र्याक्ट रोटरीएन राजेश्वर खनाल लगायतको उपस्थिति रहेको थियो । 

अयोध्यापुरी स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख शिव सुबेदीले रोटरी क्लब अफ नारायणी मिड टाउनले गरेको यो सहयोगले आम माडी बासी महिला दिदी बहिनीहरुलाई गर्भवती अवस्थामा आइपर्ने समस्या र सुत्केरी अवस्थामा उचित स्वास्थ्य उपचार नपाएर ज्यानैसम्म जान सक्ने जोखिमबाट मुक्त गराइदिएको भन्दै क्लबलाई धन्यवाद दिए । 

साथै प्रजनन सम्बन्धी जुनसुकै समस्याहरुलाई अब अयोध्यापुरी स्वास्थ्य चौकीबाट नै समाधान गर्न सकिने भएकाले सबै महिला दिदी बहिनीहरुलाई ढुक्क भएर उपचारका लागि आउन आग्रहसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ