arrow

कुखुरा बोकेर हिँडेका राइनको घटनास्थलमै मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ २९ बिहिबार
dead.JPG

नेपालगन्ज । नेपालगन्जमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार बिहानै एक जनाको मृत्यु भएको छ।  बिहीबार बिहानै  साढे ५ बजेको समयमा नेपालगन्जको बिपी चोक नजिकै अल्फाको अगाडी  भे १ ख २९८४ नम्बरको मिनी बसले र भे ४ प ८१७९ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो ।

कुखुरा ल्याउँदै गरेको भे ४ प ८१७९ नम्बरको मोटरसाइकल सवार  साईगाउँका असगर अलि राइनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार अर्का भारतीय नागरिक सलमान राइन घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएकालाई जेभिएन कलेजका विद्यार्थीहरूले उद्धार गरी नेपालगन्ज मेडिकल कलेजको इमर्जेन्सीमा लगेका थिए। घाइते राइनको अहिले मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेका मुद्दा शाखाका प्रहरी निरीक्षक ईश्वरदेव गिरीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ