arrow

कर्णाली कोरिडोर जोड्ने पक्की पुल बन्दै

logo
रासस,
प्रकाशित २०७७ माघ २९ बिहिबार
karnali-pradesh-map.jpg

मान्म। कर्णाली कोरिडोर जोड्ने कालिकोटको नरहरिनाथ गाउँपालिका–८ मा रहेको खुलालुको पक्की पुलको निर्माण तीव्र गतिमा भइरहेको छ । कर्णाली राजमार्गबाट गौरवको आयोजनाका रूपमा मानिएको कर्णाली कोरिडोर जोड्ने खुलालु पक्की पुलको शिलान्यास गरेको १४ वर्षपछि पुल निर्माणले गति लिएको हो ।

दुईपटक शिलान्यास भएको पुल एक दशक बित्दासम्म निर्माणकार्यले तीव्रता पाउन सकेको थिएन । एक दशकपछि अलपत्र पुलको आगामी असारसम्म निर्माण सम्पन्न गरिसक्ने पुल निर्माणको जिम्मा पाएको प्रगति कनकाई नेपाल प्रालिले जनाएको छ । सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्सा नदिँदा अलपत्र परेको निर्माण कम्पनीका प्रतिनिधि दीपक मैनालीले बताउनुभयो । “नक्सा पाइसकेपछि विसं २०७४ देखि निर्माण सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “कर्णाली नदीको पानी कम भएपछि हिउँदको छ महिना काम हुने, वर्षामा पानी बढेर काम गर्न सकिएन त्यसकारणले पनि निर्माणमा ढिलाइ भयो ।”

पुलको लागत रु १६ करोड बढी रहेको र कोरोना भाइरसका कारणले देशमा लकडाउन नभएको भए गत साउनमै निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीका प्रतिनिधि मैनालीले बताउनुभयो । “देशमा लकडाउन नभएको भए गत आर्थिक वर्षमै निर्माण गरिसक्ने योजना रहेको थियो”, उहाँले भन्नुभयो, “अब यस आवको असार मसान्तसम्ममा निर्माण पूरा हुन्छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ