arrow

महिलाबारे गरेको टिप्पणीका कारण टोकियो ओलम्पिक प्रमुख मोरी दवाबमा

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
Mori-tokyo-olympic.jpg

टोकियो। टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा गर्ने मनस्थितिमा पुगेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
 
उनले ‘महिलाहरू बैठकमा बढी बोल्छन्’ भनी गरेको अभिव्यक्तिलाई लैङ्गिक रूपमा विभेदकारी रहेको भनी राजनीतिक वृत्तमा आलोचनापछि यो निर्णय आउन लागेको नाम नबताउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
 
उनको महिलाबारेको उक्त टिप्पणी आयोजकहरूको लागि पछिल्लो समय  टाउको दुखाइ बनेको थियो । महामारीको बावजुद जापानले यसै गृष्म ऋतुमा ओलम्पिक खेल आयोजना गर्ने योजनाबीच ओलम्पिक समितिले उहाँको अभिव्यक्तिलाई लिएर सार्वजनिक असन्तुष्टिको सामना गरिरहेको छ । 
 
८३ वर्षीय मोरीले शुक्रवार खेल आयोजकहरूको एक बैठकमा आफ्नो राजीनामा घोषणा गर्ने स्रोत नखुलाउने शर्तमा अधिकारीहरूले बताएका जापानी सञ्चारमाध्यमहरूले लेखेका छन् । 
 
उनको सबैभन्दा बढी सम्भावित उत्तराधिकारीका रूपमा ८४ वर्षीय सबुरो कावाबुचीलाई अघि सारिने पनि समाचारहरूमा उल्लेख छ ।
 
जापानका पूर्व प्रधानमन्त्रीसमेत रहेका मोरीले जापानी ओलम्पिक समितिका सदस्यहरूलाई आफूले गत हप्ता गरेको टिप्पणीका कारण यो निर्णय लिन दवाब परेको बताइएको छ ।
 
“जब तपाईं महिला कार्यकारी सदस्यहरूको सङ्ख्या बढाउनुहुन्छ, यदि उनीहरूको बोल्ने समय एक निश्चित नभएमा उनीहरूले आफ्नो भनाइलाई निश्कर्षमा पुर्‍याउन कठिनाइ हुने र यो अप्रिय हुने गर्छ,” उनले भनेका थिए ।  
 
उनले लैङ्गिक विभेद सिर्जन गर्ने अभिव्यक्तिका लागि माफी मागे पनि महिलासँग आफू धेरै बोल्न नचाहने बताएका कारण समस्या थप जटिल बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ