arrow

नुवाकोटको लिखुमा आँखा शिविर, लायन्स क्लब मीनभवनले जुटायो प्राविधिक सहयोग

logo
प्रकाशित २०७७ फागुन १ शनिबार
Likhu.jpg

काठमाडौं । नुवाकोटको लिखु गाउँपालिकालाई मोतियाविन्दु मुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत आँखा शिविर संचालन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ चौपडा उपस्वास्थ्य चौकीमा माघ ३० देखि फागुन १ गतेसम्म भएको शिविर ‘जनतासँग अध्यक्ष कार्यक्रम’ अन्तर्गत संचालन गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं मीनभवनको प्राविधिक सहयोगमा संचालित शिविरमा ३३५ जनाले उपचार गराएको र जसमध्ये ८२ जनामा मोतियाविन्दूको शल्यक्रिया गर्नुपर्ने भएको लायन्स क्लब अफ काठमाडौं मीनभवनका उपाध्यक्ष नरेश खड्काले जानकारी दिए । खड्काका अनुसार शल्यक्रिया गर्नुपर्ने सबैलाई लायन्सकै सहयोगमा काठमाडौंमा उपचार गरिनेछ ।

त्यस्तै गाउँपालिकालाई मोतियाविन्दु मुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई लायन्स क्लब अफ काठमाडौं मीनभवनले प्राविधिक सहयोग गर्ने सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, लायन्स क्लब मीनभवन अध्यक्ष हरिलोचन शर्मा र उपाध्यक्ष खड्काको उपस्थितिमा उक्त सम्झौता भएको हो । सम्झौतामा लिखु गाउँपालिकामा बसोबास गर्ने नागरिकले आँखा सम्बन्धि निशुल्क जाँच गराएका छन् । शिविरबाट लाभान्वित स्थानीयले खुशी ब्यक्त गरेका छन् ।

साथै लायन्स क्लबले मोतियाविन्दु मुक्त क्षेत्र घोषणाका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ भने अन्य व्यवस्थापकीय कार्य गाउँपालिकाले गर्नेछ । उक्त सम्झौता कार्यान्वयनका लागि गाउँपालिकाको चौपडामा बृहत आँखा शिविर संचालन गरेको हो ।

  



नयाँ