arrow

तेस्रो निजगढ मेयर कप फुटबल : सिंगौल र रतनपुर युनाईटेड विजयी

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ फागुन २ आइतबार
nijgad-mayour.JPG

निजगढ । तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सिंगौल फुटबल क्लब ए र रतनपुर युनाईटेड यूथ क्लब विजयी भएको । रतनपुरले नमो बुद्ध आधुनिक क्लबलाई ३-० गोल अन्तरले पराजित गर्‍यो ।
    
रतनपुरका लागि कप्तान आशालाल कुमरले २ गोल गरे । खेलको ८ औ मिनेटमा कप्तान कुमरले पहिलो गोल गर्दै रतनपुरलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले अघि रहेको रतनपुरले दोस्रो हाफमा थप २ गोल थप्यो ।
    
   खेलको ४१ औ मिनेटमा रतनपुरका समन कुमरले गोल गर्दै रतनपुरको अग्रता दोब्बर बनाए ।  व्यक्तिगत दोस्रो तथा टिमको लागी तेस्रो गोल गर्ने क्रममा कप्तान आशालालले ५० औ मिनेटमा फ्रि क मार्फत गोल गरे । डिबक्स नजिकबाट प्राप्त गरेको फ्रिकिकलाई सदुपयोग गर्दै कप्तान आशालालले व्यक्तिगत दोस्रो गोल गरे । रतनपुरका कप्तान आशालाल खेलको म्यान अफ द म्याच समेत बने। खेलमा नमोबद्धका सञ्जय मोक्तानले फल गरेपछि पहेलो कार्ड प्राप्त गरेका थिए ।

 यसै गरी आइतबार नै सम्पन्न पहिलो खेलमा शान्ति टोल युनाईटेड क्लब सिंगौल फुटबल क्लब ए सँग पराजित भएको । शान्ति टोल युनाईटेडलाई ६-० गोल अन्तरले पराजित गर्दै सिंगौल फुटबल क्लब ए प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेको छ । सिंगौलका सुबन सापकोटाले फल गरेपछि पहेलो कार्ड पाएका थिए । प्रतियोगिता अन्तर्गत सोमबार दुई वटा खेलहरू हुनेछ ।

दिउसो १२:३० मा हुने पहिलो खेलमा सिंगौल फुटबल क्लब ए र हिमाल फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ भने दिउसो २:३० बजे हुने दोस्रो खेलमा बाघ भैरव युवा क्लब र निजगढ युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ ।

सहिद हिरालाल रङ्गशालामा फागुन १४ गतेसम्म सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ