arrow

जीपी कोइराला फाउण्डेशन अमेरिकाको पहलमा निःशुल्क कोरोना परीक्षण

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
gpkoirala-foundation-covid-test.jpg

न्यूयोर्क । ‘कोभिड परीक्षण गरौं, जीवन बचाउँ’ भन्ने नाराका साथ अमेरिकाको न्युयोर्क र आसपासका क्षेत्रमा वसोवास गर्ने नेपाली र अन्य समुदायलाई समेत लक्षित गरि जीपी कोइराला फाउण्डेशनले निःशुल्क कोभिड टेष्ट गरेको छ। सो क्रममा विभिन्न समुदायका ११५ जनाले कोभिड परीक्षण गरेको फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

फाउण्डेशन अमेरिका च्याप्टर, युनाईटेड शेर्पा एसोसिएशन अफ अमेरिका, प्रवासी नेपाली एकता मन्च अमेरिका, लिगल गुड, आरसीसीडी र घ्याल्सुम्दो सेवा समाज अमेरिका गरी ६ वटा संस्थाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो।

यी ६ वटै संस्थाका अध्यक्ष क्रमश सोमनाथ घिमिरे, उर्गेन शेर्पा, टेक गुरूङ, लारा ग्रेगोरी, सलीम सैयद र निमा ल्हम्हो र यी सबै संस्थाका पदाधिकारीहरुको उपस्थितिमा शनिबार बिहान ९ बजेबाट परीक्षण कार्यक्रम युनाइटेड शेर्पा एसोसिएसन अफ अमेरिकाको हल ज्याक्सन हाईट्समा  भएको थियो ।

डा. अलिस अल्मेन्ड्रलको टीमले नाम दर्ता एवं स्वाव परीक्षण मेडिकल प्रोटोकल अनुसार गरेको थियो । सहभागीहरुलाई आयोजकको तर्फबाट मास्क, स्यानिटाइजर र फेसशिल्डसमेत वितरण गरिएको थियो। 

आयोजक संस्थाहरूले यथासीघ्र डाक्टरको टोलीसँग र न्युयोर्क सिटीसँग मिली कोभिडको भ्याक्सिनसमेत सर्वसाधारणलाई सहज ढंगले उपलब्ध गराउन पहल भैरहेको र छिट्टै सो कार्य पनि आयोजना गरिने घिमिरेले जानकारी गराए। 

कार्यक्रम सफल पार्न विशेष भूमिका निर्वाह गर्ने लिगल गुड संस्था न्यूयोर्ककी अध्यक्ष लारा ग्रेगरीले नेपालीजनको एकताप्रति प्रशन्नता व्यक्त गर्दै आगामी दिनहरूमा मिलेर अगाडि बढ्ने प्रतिवद्धता जनाइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ