arrow

७० करोड घुस खाने नेता फेरि मन्त्री बन्ने खतरा छ : प्रदीप पौडेल

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
pradip-poudel9.jpg

दैलेख । नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले ७० करोड घुस खाने मन्त्री फेरि मन्त्री बन्ने खतरा रहेको बताएका छन् ।

संसद् विघटनका विरुद्ध दैलेखमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री पदमा केपी शर्मा ओली कायम रही रहे ती व्यक्ति फेरी पनि मन्त्री हुने सम्भावना रहेको बताएका हुन् ।

‘सरकारका एक मन्त्रीले ७० करोड कमिसन मागेको अडियो टेप बाहिर आयो, मन्त्रीको आवाज प्रस्ट छ, त्यति ठुलो प्रमाण हुँदा पनि त्यो मन्त्रीमाथि कुनै कारबाही भएन’ पौडेलले भने, ‘प्रधानमन्त्रीमा ओली जी कायमै रहे ती व्यक्ति फेरी मन्त्री हुने खतरा छ ।’

पौडेलले आफ्नो सम्बोधनका क्रममा ती पूर्व मन्त्रीको नाम भने खुलाएनन् । पौडेलले वर्तमान सरकारसँग नेपालको विकास र समृद्धिका लागि कुनै योजना नै नभएकोसमेत सम्बोधनका क्रममा भनेका छन् ।

यस्तै प्रधानमन्त्री ओली संसद् विघटनपछि काम चलाऊ बनिसकेको भन्दै नेता पौडेलले ओलीले धर्मका नाममा राजनीतिक गर्न खोजिरहेको समेत जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ