arrow

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा गैँडा मृत फेला

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन ४ मंगलबार
rhinoes-killed.gif

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा अन्दाजी ३० वर्षको गैँडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिमी सेक्टर (पूर्वी नवलपरासी क्षेत्र ) अमल टारीको गिद्धेनी पोस्टको २०० मिटर नजिक नारायणी नदी छेउमा अन्दाजी ३० वर्षको गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

नारायणी नदीको भँगालो तर्ने क्रममा ढिस्को उक्लिन नसकेर उत्तानो परी गैँडा मरेको हुन सक्ने अनुमान गरिएको अधिकारीले बताए । मृत गैँडाको खाग खुर सुरक्षित रहेको अधिकारीले बताए ।

यो सँगै यस आर्थिक वर्षमा मर्ने गैँडाको सङ्ख्या २४ पुगेको छ । २४  मध्य ४ वटा गैँडा चोरी शिराकीको कारण र २० वटा गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ