arrow

लाखौँ मुल्यका राडो घडी नेपाल ल्याउँदै गरेका खान समातिए

logo
सागर हुमागाईँ,
प्रकाशित २०७७ फागुन ६ बिहिबार
rado-wath.jpg

रौतहट । भन्सार छलेर नेपाल ल्याउँदै गरेको महँगो मूल्यका घडीहरू रौतहट सशस्त्र प्रहरीले  बरामद गरेको छ । इशनाथ नपा ४ स्थित सिमाना नजिकै बाट १४ थान राडो कम्पनीका घडीहरू गए राति बरामद गरिएको छ ।

बरामद गरिएको  घडीहरू गौर भन्सार कार्यालय  बुझाएको ११ नं गणका उपरीक्षक सूर्य बहादुर सेन वलीले जानकारी दिए । गौर नपा ५ पोखरीया का निजामुन खान ले ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको घडी सशस्त्र बल नेपाल विओपी रामपुर खापबाट खटी गएको सशस्त्र प्रहरी सहायक हवलदार विनोद बुढाथोकीको कमान्डमा खटिएको ७ जनाको टोलीले राडो कम्पनीको घडी १४ थान , मोटरसाइकल बरामद गरेको हो ।

खानले ना ३९ प ६७८३ नम्बरको सुपर स्पेण्डर मोटरसाइकलमा राखी अन्दाजी २४ लाख ६३ हजार ३ सय मूल्य बराबरको राडो घडी र  मोटरसाइकलको अन्दाजी मूल्य ८५ हजार गरी जम्मा २५ लाख ४८ हजार ३ सय बराबरको सामग्री  नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागी बुधवार भन्सार कार्यालय बुझाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ