arrow

योङ्गस्टार युवा क्लब तेस्रो निजगढ मेयर कप फुटबलको फाइनलमा

logo
नवराज चौलागाईं,
प्रकाशित २०७७ फागुन १० सोमबार
nijgad-mayour.JPG

निजगढ । योङ्गस्टार युवा क्लब तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिंगौल फुटबल क्लब ए लाई २-० गोल अन्तरले पराजित गर्दै योङ्गस्टार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

योङ्गस्टारको जितमा अरुण लामाले २ गोल गरेका थिए । खेलको ३३ औ मिनेटमा डी बक्स भित्र सिंगौलले फल गरेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै अरुणले योङ्गस्टारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको योङ्गस्टारले ५३ औ मिनेटमा पुनः गोल गर्दै २-० को अवस्थामा पुर्‍याए ।

खेलमा फर्कन सिंगौलले प्रयास गरे पनि सफल हुन् सकेन र योङ्गस्टार जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो । खेलको म्यान अफ द म्याच योङ्गस्टारका अरुण लामा भए । प्रतियोगिता अन्तर्गत मङ्गलवार दोस्रो सेमिफाइनल खेलमा हिमाल युवा क्लब र निजगढ युवा क्लब ए बिच प्रतिस्पर्धा हुनेछ ।

 हिमालले पहिलो चरणमा सिंगौल फुटबल क्लब बि लाई पराजित गरेको थियो भने क्वार्टर फाइनलमा रतनपुर युनाईटेड यूथलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल सहिद हिरालाल रङ्गशालामा दिउसो २:३० बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ४५ हजार रुपैंया प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ