arrow

ज्ञवालीलाई आर्थिक पत्रकारिता पुरस्कार

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
kapil-gyawali-butwal.jpg

 बुटवल । आर्थिक पत्रकारिता पुरस्कार–२०७७ बाट नागरिक अनलाइनका प्रधानसम्पादक कपिल ज्ञवाली  सम्मानित भएका छन् । बुटवल उद्योग वाणिज्य संघले हरेक वर्ष प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यस बर्ष ज्ञवालीलाई प्रदान गरिएको हो ।

रुपन्देहीको आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा पत्रकारिता क्षेत्रबाट पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उद्योग वाणिज्य संघले  २५ हजार १ रुपैयाँ नगद राशीसहित ज्ञवालीलाई सम्मान गरेको हो । 

उनलाई महासंघका अध्यक्ष शेखर गोल्छा र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले सम्मान पत्र,नगद राशी र दोसल्लाले सम्मान गरेका हुन् ।  

संघले ६७औं वार्षिक साधारण सभा तथा २४औं अधिवेशनको अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । सम्पादक ज्ञवाली डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ