arrow

श्रीमानको हत्या

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
Belauri_Nagarpalika.png

कञ्चनपुर । बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय आफ्ना श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको बताए । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”, उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ