arrow

विद्यालयको गेट पल्टिएर च्यापिदा तीन कक्षामा पढ्ने विद्यार्थीको मृत्यु

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
school-gate-case.JPG

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ५ मा रहेको कालिका माध्यमिक विद्यालयमा खेल्ने क्रममा गेट पल्टिदा गेटले च्यापिएर ३ कक्षामा पढ्ने विद्यार्थीको मृत्यु भएको छ ।

 बिहान करिब १०:३० बजेको समयमा गेट पल्टिएर चापिदा विद्यालयको कक्षा ३ मा पढ्ने ९ वर्षीया छात्रा गमित्रा सिंजालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । यसै गरी घटनामा सोही विद्यालयको कक्षा ४ मा पढ्ने १० वर्षीय किस्मत ढकाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 प्रहरीका अनुसार घटनास्थलको प्रारम्भिक अनुसन्धान सकेर शव पोस्टमार्टमका लागि मध्य बिन्दु जिल्ला अस्पताल पठाइएको छ सामान्य घाइते अर्का बालक उपचारपछि डिस्चार्ज भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ