arrow

जसपा नेता देवनारायण महतोलाई तेल ट्याङ्करले दियो ठक्कर, गम्भीर घाइते

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ फागुन १३ बिहिबार
accident-1.jpg

धनुषा । सवारी दुर्घटनामा परि जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य देवनारायण महतो गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढलकेवरका अनुसार महतो सवार रहेको बा ३८ प ६९८८ नम्बरको मोटरसाइकललाई ना ४ ख ८१६० नम्बरको तेल ट्याङ्करले ठक्कर दिएको हो ।

 गौशाला नगरपालिका वडा ५ घर भएका ६० वर्षीय जसपा नेता महतोलाई धनुषाको ढल्केवरस्थित ट्राफिक प्रहरी कार्यालय अगाडी  ठक्कर दिँदा गम्भीर घाइते भएका हुन् ।  घाइते महतोलाई टाउको तथा बायाँ खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

ढल्केवरस्थित निजी स्वास्थ्य उपचार केन्द्रमा महतोको उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुरधाम प्रादेशिक अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिए।

तेल ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ