arrow

ग्वार्को तरकारी बजारमा कुमारी बैङ्कको क्युआर भुक्तानी सेवा विस्तार

logo
प्रकाशित २०७७ फागुन १३ बिहिबार
kumari-qr-code-lalitpur.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले ललितपुरस्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्य र कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी सो क्युआर स्ट्यान्ड तरकारी व्यवसायीहरूलाई हस्तान्तरण गरेका हुन्।

कुमारी बैङ्क लिमिटेडले नगद कारोबारको विकल्पमा आफ्नो मोबाइल एप मार्फत क्युआर भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै आइरहेको छ। कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले भने, “यस क्युआर प्रणाली अन्तर्गतको भुक्तानीमा नगद बोक्नु नपर्ने, नगद हराउने-चोरी हुने सम्भावना नरहने, आफ्नो बैङ्क खाताबाट सिधै भुक्तानी गर्न मिल्ने जस्ता फाइदाहरू छ। त्यसै गरी, व्यवसायीहरू हरेक दिन बिक्री गरिएको रकम जम्मा गर्न बैङ्क धाई राख्नु नपर्ने तथा खुद्रा पैसा बोक्नुपर्ने झन्झटबाट पनि मुक्त हुनेछन्।” उक्त सेवाको प्रयोग गर्दा अतिरिक्त शुल्क पनि लाग्ने भण्डारीले जनकारी दिए।

क्युआर कोड भुक्तानी मर्चेन्टको सङ्ख्या र पहुँच दिनानुदिन बढ्दै गइरहेको हुनाले सो प्रणाली नगदरहित कारोबारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैङ्क विश्वस्त छ। डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोबारलाई थप प्रोत्साहन गर्न बैङ्कले समय समयमा डिजिटल कारोबार सम्बन्धी सचेतना कार्यक्रमहरू समेत गर्दै आइरहेको छ। हालसम्म यस बैङ्कले ७३०० भन्दा बढी व्यापारीहरू फोनपे क्युआर डिजिटल भुक्तानी प्रक्रियामा आबद्ध गराई सकेको छ।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ