arrow

विप्लव समूहका महोत्तरी-सर्लाही इन्चार्ज पक्राउ

logo
प्रकाशित २०७७ फागुन १७ सोमबार
biplab-maobadi.jpeg

सर्लाही । नेत्रविक्रम चन्द विप्लव समूहका महोत्तरी-सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा चन्दा आतङ्क मच्चाएपछि प्रहरीले खोजी सूचीमा राखेका शुसलिङ्गलाई गए साँझ पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोत्तरीको गौशाला नगरपालिका-११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । गौशाला प्रहरीले पक्राउ गरेका शुसलिङ्गलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ ।

शुसलिङ्गले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतङ्क मच्चाएको प्रहरीको आरोप छ । व्यापारी र कर्मचारीलाई धम्कीपूर्ण व्यवहार गरी चन्दा आतङ्क मच्चाएपछि सर्लाही प्रहरीको सहयोगमा शुसलिङ्गलाई महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हो ।

शुसलिङ्ग सर्लाहीको लालबन्दी नगरपालिका-६, का बासिन्दा हुन् । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ