arrow

चरेस सहित एक जना पक्राउ

logo
प्रकाश बम,
प्रकाशित २०७७ फागुन १७ सोमबार
pakrau9.jpg

डोटी । डोटीको जोरायल गाउँपालिका -१ घोरडिबाट अवैध लागु औषध चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा  जोरायल गाउँपालिका -१ घोरडि बस्ने ६९ वर्षीय  शशिराम डागि रहेका छन्।

उनीबाट ६५ ग्राम लागु औषध (चरेस) बरामद गरिएको जिल्ला   प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्ति राज जोशीले हाम्रा कुरालाई जानकारी दिए।

घर पसलमा लागू औषध चरेस लुकाइ छिपाइ राखेको गोप्य सूचनाका आधारमा खानतलासी गर्दा प्रहरी निरीक्षक जोशी नेतृत्व टोलीले अवैध लागु औषध चरेस पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका डागिका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ