लोभी महाजनकी छोरीले यसरी सिद्धाइन् कलह

घर कलह शान्ति

अनु० चक्रमान शाक्य,
प्रकाशित २०७७ फागुन १८ मंगलबार

काठमाडौँ ।  एक समयको कुरा हो। एउटा महाजन थिए । धर्म भन्ने कुन तत्त्व हो उनलाई थाहा भएको थिएन । उनमा धनको घमन्ड थियो । उनी निकै मातेका थिए । महाजनपनले गर्दा समाजमा उनको हेलमेल थिएन । उसको चाकरी गर्न आउनेलाई मात्र उनी मद्दत गर्थे।

हाम्रो यहाँ श्रावण मासमा कथा पुराण भन्ने चलन भए झैँ ती महाजनको टोलमा पनि श्रावण महिनामा भिक्षुहरूद्वारा बुद्ध पूजा आदि बुद्ध धर्मको प्रचार गर्ने काम सुरु भयो। त्यो टोलका प्रायः सबै जना कथा सुन्न गए । ती साहुको जहान साहुनीको पनि कथा सुन्न जाने बानी बस्यो । साहुनीले आफूले सुनेर आएको कथा घरमा गएर आफ्नो लोग्ने र छोरीलाई पनि सुनाउने गरिन । साहुनी भिक्षुहरूको धर्म दर्शन बाट निकै प्रभावित भइन । तिनले साहुलाई भनिन्- 'एक दिन पनि फुर्सत नलिई धन कमाएर मात्रै के गर्ने! धेरै घर, धेरै सम्पत्ति के लाई। चिन्ता मात्र बढ्ने । अलि अलि त्याग पनि गर्न  सक्नु पर्छ । धर्म कर्म पनि गर्न सक्नु पर्छ ।'

साहुको मनमा पर्‍यो- भिक्षुहरू कहाँ कथा सुन्न गई अब खर्च गर्ने कुरा गरिन् । अघि अघि एक जोर साधा रण लुगा मात्र लाएर धन जम्मा गर्नु पर्छ भन्नेले  अहिले कस्तो कुरा गरेकी । त्याग गर्नु पर्ने त हो। छोराहरूलाई पढाउनु पर्छ । पछि दाजु भाइ झगडा गर्नु नपर्ने गरी उनीहरूलाई सबै कुराको बन्दोबस्त गर्न सक्नु पर्छ ।'

एक दिन साहुलाई घरायसी तन्ताले दिक्क लाग्यो । मन बहलाउन भनी विहारमा कथा सुन्न गए । शङ्का लागेको कुरामा छलफल गरे । कथामा कस्तो कुरा निस्क्यो भने धन कमाउनु पर्छ । मिहेनत पनि गर्नु पर्छ । तर कमाएको धनको सदुपयोग गर्न जानेन भने दुःख हुन सक्छ । परिवारमा झगडा हुन सक्छ । अनि धन भएर
पनि मनमा शान्ति हुँदैन ।

 यसरी कथा सुन्न गरे पछि साहुको मनमा धर्म चेतना आयो। स्वभाव परिवर्तन भयो । धार्मिक कार्यक्रममा त्याग भावना आयो । चन्दा दिएर आवश्यक सर सामान प्रदान गरेर मदत गर्ने भए । साहुको स्वभावमा धेरै परिवर्तन आयो । साहुको स्वभाव राम्रो भएको देखेर छिमेकीहरू, टोलका मानिसहरूलाई पनि खुसी लाग्यो । अघि जस्तै खुसामद गर्न आउनेलाई मात्र मदत गर्ने- होइन कि आफ्नै मनले देखेर, आफै अघि सरेर गरी दुखीहरूलाई मदत गर्ने भए । धर्म केलाइ भन्दछन् राम्रो सँग बुझे। घरमा सबै जना धर्मावलम्बी भए । बुद्ध पूजामा भाग लिन जाने भए ।

क्रमशः एउटी छोरी विवाह योग्य उमेर की भई।  विवाह गरिदिने निश्चय भयो । आमा-बाबु दुवैले छोरीलाई बोलाएर भने, "तिमी हाम्रो प्यारी छोरी हो । अब तिमी दुलही हुन लागि रहेछौ । हामी विहारमा गएर कथा सुन्ने गरेका, बुद्ध धर्मावलम्बी भनेर सबैलाई थाहा छ । तिमी चार जना दाजुभाइ भएको घरमा पर्ने भयो। धेरै दाजुभाइ भएको घरमा झगडा हुन सक्छ । सासू र बुहारीहरूको बिचमा, नन्द र भाउज्यूको बिचमा,जेठानी देवरानीहरूको बिचमा झगडा भई रहन सक्छ । तिमिले त्यो घरमा गएर कलह शान्ति गरी दिनु । तिमीले यो बुझ्न कोसिस गर झगडा भयो, किन झगडा भयो ? कलहको कारण पत्ता लगाएर त्यसको जरै उखेल्ने प्रयास गर । अलिकति सहनु पर्ला, दुःख भोग्नु पर्ला । सासू ससुरा, देवर देवरानी, जेठाज्यू ज्येठानी भएको घरमा माइतीमा जस्तो हुँदैन । छोरीले बाबु-आमाको आज्ञा पालन गर्ने प्रतिज्ञा गरिन् ।

यथा समयमा विवाह भयो । पति घरमा प्रवेश गरे देखिनै साहुकी छोरीले घरको चाल चलन अध्ययन गर्न लागिन् । एक दुई महिना सम्म ल घरको वातावरण शान्तै थियो । बिस्तारै त्यहाँ घरमा दन्त बजान सुनिँदै आयो।एकातिर सासू र नन्द, अर्कोतिर बुहारीहरू सास हुनेले आफ्नो छोरीलाई सकेसम्म ऐश आराममा राख्न खोज्दथिन । बुहारीहरूलाई कमारी झैँ काममा जोत्दथिन् । यसरी बुहारीहरूमा  पनि झाडा हुन थाल्यो । कारण के भने ठुलो परिवार भएकोले चुलो धन्दा गर्न त्यो घरमा  गाह्रो थियो । यसै ले बुहारीहरूमा चुलो धन्दा गर्ने पालो बाँधेको थियो।

आफ्नो भात पकाउने पालोमा माइती जाने, कतिको बाठी! मेरो पनि माइती छ । मलाई जान मन लाग्दैन आफ्नो माइतीमा ? भाँडा माझने डंगुर छ । बच्चा सुताउने निहुले कोठामा गएर मज्जा सँग सुत्ने ! अहिले हो ! बच्चा रोएको ! छोरालाई दूध ख्वाऊ कि तिहुन तरकारी हेरू । लुगा धोयो, आफ्नो मात्र  सुकिलो । अर्काको मा त साबुनै नलाएको जस्तो । यस्तै त्यो घरमा सधैँ ।

नयाँ दुलही सबै भन्दा कान्छी, बोलीमा नम्रता, काममा जाँगर ता थियो तिनको। 'बच्चा रोइरहेछ । बच्चालाई दूध ख्वाउन जानु होस् । चुलोमा म हेर्छ ।"

तिमी नयाँ दुलही । तिम्रो पनि पालो आउँछ भात पकाउने ।

"हो त्यो मलाइ पनि थाहा छ । अहिले देखि अभ्यास गरेको आफ्नो पालोमा राम्रोसँग भात पकाउन सकिन्छ । मलाइ सिकाइ दिनु होस न स्वादिष्ट तिहुन तारकारीहरू पकाउने ।'

भाउज्यू चाहिएको मनमा पर्‍यो- अरूहरू काम गर्न पर्ला भनेर टाउको दुख्यो, पेट दुख्यो भनेर माइती जान्छन् । यिनी नगर भने पनि काम गर्न आइरहन्छे । कस्ती ज्ञानी छ यो दुलही ! माइती जान परे जानुहोस् भाउज्यू भात म पकाइदिन्छु भन्छे ।

 नयाँ दुलहीको चाल चलन देख्दा सासू चाहिँ पनि छक्क परिन । एक दिन नयाँ दुलहीलाई बोलाएर सासूले भनिन्- ए दुलही ! अर्काको भात पकाउने पालोमा तैँले किन काम गर्न गएकी ? जान्ने न होउ । आफ्नो पालोमा मात्र चलो धन्दा नगरीकन !

"होइन आमा !" नयाँ दुलहीले भनिन्- "अघि यो घरमा जहिले पनि भात पकाउने, लुगा धुने कुरामा झगडा भइ रहन्थ्यो । अहिले त्यस्तो छैन । माईति जानलाई पनि कसैले भनाइ खान पर्दैन । परस्परमा सहयोग भइरहेकोले काम सबै राम्रो संग भइरहेको छ।"

नयाँ दुलही को कुरा सुनेर सासू चाहिँ प्रभावित भइन तिनले सोधिन्- 'तलाई कसले यसरी काम गर्न सिकाएको ?'

नयाँ दुलहीले भनिन- 'हाम्रो बा आमा, हामी सबै विहारमा गएर कथा सुन्थे। धर्म कर्म गर्थे । भन्तेहरूको, गेरूआ लुगा लाउने अनागारिक गुरुमाहरूको बानी सुधार गर्ने कथा सुन्थ्यो । मलाइ यहाँ दिई पठाउनु दुई दिन अघि बा र आमाले भन्नु भएको थियो- पति घरमा बस्दा आफ्नो मनले देखेर काम गर्नु पर्छ । झगडा भएमा झगडाको कारण बुझेर झगडा नहुने काम गर्नु पर्छ । नतर इज्जत जान्छ । यो दुलही अल्छी लुच्ची, बजौटी यस्तो भनाई खान प-यो भने बाबु आमालाई समेत नराम्रो हुन्छ । बाबु आमाको अति मुताबिक काम गरिरहेछु ।

भन्ते भनेको के हो ? सासूले सोधिन् ।
नयाँ दुलहीले भनिन्- "भन्ते' भिक्षुहरूलाई आदर पूर्वक बोलाउँदा प्रयोग गरिने सम्बोधन प्राब्द हो ।  "भन्ते" भिक्षुहरूलाई प्रयोग गरिने आदर सचक शब्द रहेछ । भिक्षुहरूले यस्ता कथाहरू भन्ने रहेछ ।

 सासू चाहिले भनिन्, “दान दिनु पर्छ भनी दान लिने कुरा  मात्र गर्छन् भनेको त होइन रहेछ ।" मन मनै भनिन राम्रो उपदेश दिने रहेछ भिक्षुहरूले । साँच्चै लक्ष्मी जस्तै  दुलही फेला पर्‍यो । घरमा झगडा तगड़ा केही  छैन अब । सबै मिल जुल भएर काम गर्दा कति राम्रो भयो ।

माइती जान पर्नेहरूलाई पनि आनन्द भयो। हो वा सा! छोरीलाई पुल पुलाई राख्दा पछि आफै लाई नराम्रो हुन्छ । अर्काको निन्दा चर्चा सहनु पर्नहुन्छ । छोरीलाई तालीम गर्नु प-यो । पति घरमा गएर छोरीले मनले चिताए झैँ काम गरेर बाबु आमाको नाम राखी दिइन् । साहु र साहुनी दुवै खुसी भए । विहारमा गएर भन्ते र गुरुमाहरू द्वार भगवान् बुद्धको उपदेश (शिक्षा) सुने अनुसार सुधार कार्य गर्न सकेकोले तिनीहरूको हर्षको सीमा रहेन ।

अर्कालाई दुःख दिएर आफूले सुख भोग्न इच्छा गर्दछ भने त्यस्तो व्यक्ति दोषको जन्जालमा फसेर कहिले पनि दोषबाट मुक्त हुन सक्तैन । ((धम्पद) धम्मवती अनगारिका द्वारा लिखित लक्ष्मो द्यो पुस्तकबाट अनुदित)



नयाँ