arrow

शिक्षक डम्बर मृत भेटिए, हत्याको आशङ्का

logo
प्रकाशित २०७७ फागुन २० बिहिबार
dead2.jpg

डोटी । डोटीमा शिक्षक मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जोरायल गाउँपालिका-२ वुडर बजार नजिकबाट सिमखात बस्ती डाँडामा आफ्नो घर जाने क्रममा सोही ठाउँका २७ वर्षीय शिक्षक डम्बर भट्टराई बिहान साढे नौ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले हाम्रा कुरालाई जानकारी दिए।

स्थानीय भूमिराज केदार आधारभूत विद्यालयमा अस्थायी रूपमा कार्यरत शिक्षक भट्टराई मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

घटनास्थलको थप अनुसन्धान लागि प्रहरी निरीक्षक कान्तिराज जोशीको नेतृत्वमा छुट्टै टोली खटाइएको मल्लले बताए ।

मृतकका आफन्तहरूले हत्या गरिएको हुनसक्ने आशङ्का रहेकाले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ