arrow

संसद्मा भीम रावलको प्रश्न : प्रधानमन्त्री कुन पार्टीको ?

logo
प्रकाशित २०७७ फागुन २३ आइतबार
bhim_rawal_news.JPG

काठमाडौं। संसद् बैठकमा बोल्दै नेकपा सांसद भीम रावलले सर्वोच्च अदालतले नेकपाको वैधता नै समाप्त गरेको अवस्थामा प्रधानमन्त्री कुन पार्टीको भन्दै प्रश्न गरेका छन् । 

नेकपाका तर्फबाट सांसद बनेका उनले अदालतले नेकपाको आधिकारिकता अरूलाई नै दिइसकेकाले प्रधानमन्त्री कुन पार्टीको ? भन्दै प्रश्न गरेका हुन् । 

सांसद रावलले सम्पुर्ण रूपबाट वैधता गुमाएको सरकारले के आधारमा अध्यादेश ल्याउने भन्दै अर्को प्रश्नसमेत गरे ।  उनले आफैले हत्या गरेको संसद्मा प्रस्ताव ल्याउन लाज लाग्दैन ? भनी प्रधानमन्त्री केपी ओलीलाई प्रश्नसमेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ