arrow

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
rhinoes-killed.gif

कावासोती । चितवन राष्ट्रिय निकुञ्जकोमा गैँडा बाघ मृत फेला परेका छन् । निकुञ्जको पश्चिम सेक्टर (अमलटारी ) अन्तर्गत कोर इलाका सेहरी नारायणी नदीको कलकत्ता टापुमा अन्दाजी करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

भाले भाले बीच एक आपसमा जुधेर घाइते भई गैँडाको मृत्यु भएको हुन सक्ने अधिकारीले बताए । अधिकारीका अनुसार सो गैँडाको खाग खुर लगायत समान सुरक्षित रहेको छ । उक्त गैँडा सँगै यस आ.ब २०७७/७८ मा २६ वटा गैँडाको मृत्यु भएको र सो मध्ये २२ वटा प्राकृतिक र ४ वटा चोरी सिकारीको कारण मृत्यु भएको हो

त्यस्तै निकुञ्जको सौराहा सेक्टरमा पर्ने कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा करिब अन्दाजी ४ वर्षको लिङ्ग पहिचान हुन नसकेको पाटे बाघ मृत अवस्थामा फेला परेको छ । बाघको  प्राकृतिक कारण मृत्यु भएको निकुञ्जले जनाएको छ । यो सँगै यस आ.व २०७७/७८मा मृत्यु भएको पहिलो बाघ भएको अधिकारीले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ