arrow
ADVERTISEMENT

अवस्था बुझ्न माओवादी केन्द्रले बनायो कार्यदल

logo
प्रकाशित २०७७ फागुन २६ बुधबार
moust_kendra1.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले अबको राजनीतिक बाटो तय गर्न र संगठन संरचनाबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । 

पार्टी एकता विघटन भएसँगै ब्युतिएको माओवादी केन्द्रको बुधबार बसेको स्थायी कमिटी बैठकले अब कसरी अघि बढ्ने भन्ने विषयमा योजना बनाउन कार्यदल बनाएको हो ।

कार्यदलमा नेताहरु वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल तोकिएका छन् ।

कार्यदलले अवस्थाको विश्लेषण गरेर आगामी रणनीति बनाउने सन्दर्भमा सुझाव दिने बताइएको छ । कार्यदलको सुझावकै आधारमा माओवादी केन्द्रले सरकारप्रतिको धारणा बनाउने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ