arrow

रहेनन् अग्रज पत्रकार शर्मा

logo
प्रकाशित २०७७ फागुन २८ शुक्रबार
sushil-sharma.jpg

काठमाडौँ ।  अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा  चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।   उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए।

रोग  पूर्णरुपमा निको नभई  समस्या भोगी रहेका उनको शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ  । तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत् थिए ।
 
 राइजिङ नेपाल,  काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याएका थिए ।

आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनत र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा  प्रतिबद्ध रहेका उनी मिलनसार, देखेको कुरा भन्ने  र लेखेका कुरामा अडिक स्वाभाव रहेको उनका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले स्मरण गर्छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ