arrow

कुमारी बैङ्क र मेरिना ईम्पेक्सबीच सम्झौता

logo
प्रकाशित २०७७ चैत २ सोमबार
kumari-bank-imex.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र मेरिना ईम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाई सम्बन्धी सेवाहरूमा कुमारी बैङ्कका डेबिट-क्रेडिट कार्डवाहक हरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

उक्त सहकार्य पश्चात् मेरिना इम्पेक्सले काठमाडौँको बागबजार, नयाँ सडक, ललितपुरको गाबहाल लगायत विभिन्न शाखाहरूबाट सर्टिङ्ग, सुटिङ्ग लगायत सम्पूर्ण सिलाई सम्बन्धी सेवाहरूमा बैङ्कको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गरेमा कार्डवाहक हरूले २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

सो सम्झौता पत्रमा कुमारी बैङ्कका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा मेरिना ईम्पेक्सका तर्फबाट प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका छन्।

कुमारी बैङ्कले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरू सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ