arrow

मुगु-हुम्ला लिङ्क रोडमा बन्ने भयो बेलिब्रिज

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
karnali-beli-bridge.jpg

मुगु । मुगु-हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदी माथि यहाँको स्थानीय सरकारले बेलिब्रिज पुल बनाउने भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कणाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलिब्रिज राख्न लागेको हो । बुधवार प्रमुख हरिजंग शाहीले यो पुल र पुलसम्म पुग्ने सडकको शिलान्यास गरेका छन् ।

यो पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण (र्‍याप ३) को प्राविधिक सहयोगमा निर्माण हुनेछ । बेलिब्रिज निर्माणका लागी जलब रवि चक्र जेबी निर्माण कम्पनीले नगरपालिकासँग बोलकवुल गरेर सम्झौता समेत गरी सकेको निर्माण कम्पनीका प्रतिनिधि बखत बहादुर मल्लले बताए । विधिवत् रूपमा पुलको शिलान्यास आज गरेका छौ अव काम रफ्तार मा अघि बढेन र नदिमा पानी बहाव नबढ्दै दुवै तिरका सपोड वाल निर्माण गरिसक्ने पनि प्रतिनिधि मल्लले बताए ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख हरिजंग शाहीले आफूहरू २०७४ सालमा निर्वाचित भए यता सदरमुकाम र वडा नं १३,१४ अनि हुम्लाको तल्लो भेगलाई जोडन पुल राख्ने प्रस्ताव भए पनि साबिकको जिल्ला विकास समितिले भट्ेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम होल्ड गरेका कारण प्रक्रियामा जान कानुनी समस्या परेको भन्छन् कानुनी प्रक्रिया पुरा गरेर त्यो पुल नबनुन्जेलसम्म अस्थायी भए पनि सहजताका लागी बेलिब्रिज राख्न गत वर्ष नै नगर सभाले बजेट विनियोजन गरेका थियो ।

ग्रामीण पहुँच कार्यक्रम(र्‍याप ३)ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्ला जिल्लाको चंखेली गाउँपालिका देउलीसम्म जनताको सहभागिता मार्फत सडक बनाए पनि मुगु कणालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ दुवै तिरको पुलसम्म पुग्ने सडक हामी हाम्रा समूहहरुको प्रयोग गरेर बढीमा हप्ता दिन भित्र निर्माण सम्पन्न गर्नेछौ भने पुल निर्माण देखि सडक निर्माणमा प्राविधिक सहयोग समेत गर्नेछौ ग्रामीण पहुँच कार्यक्रमका टिम लिडर विष्णुराम विष्टले भने गमगढी-दर्के  खोलासम्मको २६ किमी सडक प्रदेश सरकारलाई हस्तान्तरण भैसकेको र आगामी ३ महिना भित्र चंखेलीसम्मको सडक पनि हस्तान्तरणको चरणमा रहेका छौ सम्भव छिटै देउलासम्मको सडक सम्पन्न हुनेछ ।

ट्र्याक खुल्ला भएको वर्ष दिन भन्दा बढी समय बितिसक्दा पनि नदिमा पुल नहुँदा कर्णाली नदी पारीका रुगा,थार्प,लुम,बाम,लह,लाँपु थार्प र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयहरूले सडकको प्रयोग गर्न पाएका थिएनौ,सडक थियो सवारी साधन थिएनन्, सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा होस या महिला प्रसव पिडामा पर्दा ३ घण्टा बोकेर जिल्ला अस्पताल मुगु मा पुर्‍याउन बाध्य थियो, पुल नहुँदा समय मै उपचार  नपाएर कतिले बाटो मै ज्यान गुमाउनु परेको थियो अब पुल बने हामी समय मै उपचार गर्न पाउने छौ भने घर वारीमा खेर गएका स्याउ,ओखर,अन्नबाली सदरमुकाम गमगढी र जुम्ला,सुर्खेत र नेपालगंगसम्म लगेर विक्री गर्न सक्नेछौ, अब प्राविधिक र पुल निर्माण कम्पनीले समय मै काम सम्पन्न गरोस् र सबैको दबाब होस रुगा गाउँका स्थानीय बालकृष्ण लावडले भने ।

वडा नं १३ का वडा अध्यक्ष चक्र बहादुर रावतले तत्कालीन जिल्ला विकास समितिले पक्की पुल बनाउन ठेक्का खोलेर सम्झौता गरेको ठेकदारलाई काम सम्पन्न गर्न  लगाउन सयौँ पटक अनुरोध गरे पनि कर्णाली पारीका जनताको माग कसैले सुनुवाइ गरेनन् यतीसम्म की कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले पनि पुल निर्माणका लागी निर्माण कम्पनीलाई दबाब दिँदा पनि ठेकेदारले टेरेनन् । सङ्घीय सरकारको मातहतमा पर्ने यो पुल निर्माणका लागी कहीँ कतैबाट पहल नभए पनि स्थानीय सरकारका नाताले छायाँनाथ रारा नगरपालिकाले सुनुवाइ गर्दा बल्ल ग्रामीण पहुँच कार्यक्रमको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा पुल बन्न लागेको बताउँछन् उनी भन्छन् साँच्चै नजिक सरकार भनेको नजिक कै सरकार रहेछ यत्रो वर्षसम्म न प्रदेश न सङ्घीय सरकारले यहाँका जनताको दुख्नको सुनुवाइ गरे ।  

मुगु कणाली माथि बेलिब्रिज बनेमा नगरपालिकाका वडा बस्तीका साथै हुम्ला जिल्लाका चंखेली,सर्केगाढ,अदानचुली,खार्पुनाथ,सिमीकोट गाउँपालिका सम्मका जनतासम्म सडक पहुँच पुग्ने छ ।
५ करोड २० लाख ५५ हजार ९०२ रुपियाँको लागतमा बन्ने यो बेलिब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतन बहादुर खड्काले बताए  । मुगु कणालीमा नगरपालिका सडकमा पर्ने अन्य खोलाहरूमा ग्रामीण पहुँच कार्यक्रम (र्‍याप ३) पुल राख्ने छ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ