arrow

एनआरएन अष्ट्रेलियाले क्यानबेरामा  प्रकोप सम्मेलन गर्ने

logo
प्रकाश हुमागाईँ, 
प्रकाशित २०७७ चैत ७ शनिबार
nrna-australia.jpg

क्यानबेरा । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले देशका विभिन्न क्षेत्रमा सकृय रहेका नेपाली विज्ञहरुको सहभागितामा प्रकोप र महामारी विषयक सम्मेलन राजधानी क्यानबेरामा गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाको डिजास्टर, इमरजेन्सी र क्राईसिस म्यानेजमेन्ट टास्क फोर्सको आयोजनामा  यो विशेष सम्मेलन हुन लागेको टास्क फोर्स संयोजक एवं बरिष्ठ पत्रकार डा. भरतराज पौडेलले हाम्राकुरालाई बताए । 

आगामी मार्च २७ तारिख शनिबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म हार्मोनिक जर्मन क्लब क्यानबेरामा हुने यो कार्यक्रममा अष्ट्रेलियाका सबै राज्यका सम्वन्धित क्षेत्रका विज्ञ ,एनआरएनए अभियन्ता, सामाजिक अगुवा, पत्रकार र ब्यवसायीहरूको उपस्थिति रहने पनि पौडेलले बताए ।  

अष्ट्रेलियाको नेपाली समदायमा बौद्धिक विश्लेषक, लेखक र चिन्तकको पृथकपहिचान बनाएका डा. पौडेलले विशेषत कोरोना भाइरसको महामारीपछि नेपाली मुलका चिकित्सक, वैज्ञानिक र अनुसन्धानकर्तासंग प्रत्यक्ष रुपमा काम गर्ने जिम्मेवारी पाएका थिए ।

त्यहीँबाट सिकेको ज्ञान र अनुभवबाट खारिएका पौडेलले डा. रामकृष्ण निरौला र डा. राजु अधिकारीसंगको सहकार्यमा ‘डिस्सेक्टिंग दि प्यान्ड्यामिक कोभिड–१९’ नामक पुस्तक तयार गरेका छन् । सोही सम्मेलनमा कार्यक्रमकै विषयसंग सम्वन्धित पुस्तकको पनि लोकार्पण हुने भएकाले यो सम्मेलनलाई विशेष  महत्वका साथ हेरिएको छ ।

एनआरएन अस्ट्रेलियाका प्रवक्ता नन्दु गुरुङले हाम्राकुरासंगको कुराकानीमा भने सम्मलेन आयोजना गर्न नेपाली दूतावास क्यानबेरा, नेपाल साइन्स फाउन्डेसन ट्रस्ट, अस्ट्रेलियन नेप्लिजन मेडिकल एण्ड डेन्टल एसोसिएसन (एम्डा) र फेडरेसन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया फेन्काको सहकार्य रहेकाले पनि यो कार्यक्रम फरक र उपलब्धिमूलक रहने छ । अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालको प्रमुख आतिथ्यता रहने यो कार्क्रममा एनआरएनका पूर्व अध्यक्ष डा. शेष घलेले “कि नोट स्पिकर” को रुपमा स्थापना कालदेखि अहिलेसम्म एन आर एनले नेपाल र डायस्पोरामा गरेका मानवतादावादी कार्यहरुका बारेमा बोल्ने छन् ।

अस्ट्रेलियाका विभिन्न राज्यहरु र अन्य देशहरुबाट सहभागी विज्ञहरुले प्रकोप र महामारीमा केन्द्रित रहेर १० वटा कार्यपत्रहरू पेश गर्नेभएका छन् ।

सम्लेलनमा डा. राजु अधिकारीले बिज्ञान, प्रकोप र महामारीको बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । नेपाली दूतावास क्यानबेराकी उपनियोग प्रमुख दुपदा सापकोटाले “कोरोना भाइरस प्रकोपको समयमा साधन स्रोतको परिचालन र सहकार्य’ बिषयमा कार्यपत्र पेश गर्ने छिन । 

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशब कॅडेलले महामारीको बेलामा समुदायमा सहयोग र सहभागिता कसरी भयो भन्ने बारेमा कार्यपत्र पेश गर्नेछन् । 

फेन्का महासचिब डा. कृष्ण हमालले कोरोना भाइरस महामारीको बेला अष्ट्रेलियन सरकारको भूमिका, नीति, महामारी पूर्व, वर्तमान र भविष्यको आर्थिक वृद्धिका बारेमा कार्यपत्र पेश गर्नेछन् ।

नेपालका स्थानिय निकायहरु महामारीको जोखिम ब्यवस्थापन गर्न सक्षम छन् भन्ने विषयमा डा. हेमन्त ओझाले अन्तर्दृष्टि प्रस्तुत गर्नेछन् ।

डा. रुपक अर्यालले बायु प्रदुषण कोरोना भाइरस महामारीको लागि जोखिमको कारण हुन सक्छ भन्ने बिषयमा कार्यपत्र पेश बताइएको छ । सम्मलेलनमा डा. कुश श्रेष्ठ र पुनम पन्तले एम्डाको तर्फबाट कोरोना भाइरस महामारीबारे डायस्पोराका चिकित्सकहरुले जनचेतना जगाउन खेलेको भूमिकाबारे नेपाल, अमेरिका र अस्ट्रेलियाको अनुभवबारे प्रस्तुति गर्ने छन् । 

यस्तै पीएचडी रिसर्चर ज्योती केसीले प्रकोप ब्यवस्थापनमा साभेदारी बिषयमा कार्यपत्र पेश गर्न बताइएको छ । लेट्रोभ युनिभर्सिटीकीएसिस्टेन्ट प्रोफेसर बन्दिता मैनाली भुसालले कोरोना भाइरसले फोहोर मैला ब्यवस्थापनमा पारेको प्रभावबारे कार्यपत्र पेश गर्नेछिन् ।

यस्तै जापानमा क्रियाशिल डा. रमेश सुनामले प्रकोप र महामारीका कारण श्रमिकहरुको आप्रवासमा परेको प्रभावका बारेमा प्रस्तुती दिनेबताइएको छ । कोरोना भाइरस   प्रकोपको समयमा नेपाली संचारमाध्यमले कस्तो संघर्ष गर्नु पर्यो भन्ने बारेमा अस्ट्रेलियन नेप्लिजजर्नालिस्ट एसोसिएसन (एन्जा) को तर्फबाट प्रस्तुति हुने सम्मलेलन संयोजक डा. पौडेलले बताए । 

कार्यक्रममा न्यु साउथ वेल्सका महाबणिज्यदुत दिपक खड्का, भिक्टोरियाका  महाबाणिज्यदुत चन्द्र योञ्जन र साउथ अस्ट्रेलियाकामहबाणिज्यदुत दिपक धमला, एन आर एन उपाध्यक्ष मन केसीको सहभागिता रहने छ । सम्मलेनमा अस्ट्रेलियाका बिभिन्न राज्यहरुबाटकरिब एक सय ५० भन्दा बढीको सहभागिता रहने बताईएको छ । 

सम्मेलनको स्थानिय रुपमा गैर आवासीय नेपाली संघ अस्ट्रेलिया एसिटी राज्य समितिले ब्यवस्थापन गरिरहेको छ । उपाध्यक्ष चुडामणी सापकोटा, फेन्का महासचिव डा. कृष्ण हमाल, डा डिडी कँडेल, राजु अधिकारी, राजन ढुंगेल, भूपाल सिटौला लगायतका समुदायका अगुवाहरु यो सम्मेलनलाई भब्य रुपमा सफल बनाउन सक्रिय भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ