arrow

रेफ्रीको गल्तीले पराजय भोग्नु परेको भन्दै एन्फामा उजुरी

logo
सौरभ गिरी,
प्रकाशित २०७७ चैत ८ आइतबार
anfas.JPG

नेपालगन्ज। नेपालगन्जमा जारी प्रदेशस्तरीय एन्फा प्रेसिडेन्ट लिग प्रतियोगितामा रेफ्रीको गलत निर्णयले पराजय भोग्नु परेको भन्दै एन्फामा उजुरी परेको छ।

गलत निर्णय गर्ने रेफ्री प्रकाशनाथ श्रेष्ठ र लायन्स म्यान श्याम खड्का विरुद्ध जिल्ला फुटबल सङ्घ धादिङ र धादिङ समाज धादिङले एन्फामा उजुरी दिएका हुन्। फुटबल सङ्घ धादिङ र  धादिङ समाज धादिङले रेफ्रीले बदनियत पूर्ण डिसिजनले गत बिहीबारको त्रिवेणी युवा क्लब लमजुङ,गण्डकी प्रदेश र  धादिङ र धादिङ समाज,बाग्मती प्रदेश बिचको खेलमा धादिङलाई हराएको दाबी सहित रेफ्रीलाई कारबाहीको माग गरेका छन् ।

फुटबल सङ्घ धादिङका अध्यक्ष दीपक खतिवडा र धादिङ समाज धादिङका टिम म्यानेजर सरोज पाण्डेले संयुक्त विज्ञप्ति जारी गर्दै गलत निर्णयविरुद्ध एन्फामा उजुरी दिएका हुन् ।

रेफ्री र लायन्स म्यानले गलत तरिकाले निर्णय गर्दा पराजय भोग्नु परेको भन्दै उनीहरूले आपत्ति समेत जताएका छन्। साथै, आयोजकले कुनै बबाल नहुँदै फुटबल मैदानमा प्रहरी पठाएको प्रति समेत फुटबल सङ्घ धादिङ र धादिङ समाज धादिङले घोर आपत्ति प्रकट गरेको छ।



नयाँ