- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । चेल्सी र लेष्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा चेल्सीले प्रिमियर लिगको पुछारमा भएको शेफिल्ड युनाइटेडलाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो ।
चेल्सीलाई जिताउन इन्जुरी समयमा हाकिम जियेचले गोल गरेका थिए । यसअघि खेलको २४ औं मिनेटमा शेफिल्डका ओलिभर नोरउडले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो ।
अब सेमिफाइनलमा चेल्सीले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटीले एभर्टनलाई २–० गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो पटक लेष्टर एफए कपको सेमिफाइनलमा
लेष्टर सिटी पहिलो पटक एफए कपको सेमिफाइनलमा पुगेको छ । आइतबार राति म्यानचेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै लेष्टर अन्तिम चारमा पुगेको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन केलिची इहिनाचोले दुई गोल गरे । युरी टेलिमान्सको नाममा एक गोल रह्यो । युनाइटेडका मासुन ग्रिनउडले एक गोल फर्काए ।
यससँगै लेष्टर ३९ वर्षपछि पहिलो पटक एफए कपको सेमिफाइनलमा पुग्न सफल भएको हो । अब लेष्टरले सेमिफाइनलमा साउथह्याम्पटनसँग खेल्नेछ । साउथह्याम्पटनले क्वार्टरफाइनलमा बर्नमाउथलाई ३–० गोल अन्तरले हराएको थियो ।