arrow

‘जय सियाराम' भन्दै खाली खुट्टा १ सय ३३ किलोमिटर पैदल यात्रा

माध्यमिकी परिक्रमाको दसौँ दिन धनुषा धाममा

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ चैत ९ सोमबार
mithila-madhamaki.jpg

जनकपुरधाम । मिथिला र मधेशको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा दसौँ दिन सोमबार धनुषा धाम पुगेका छन् । जसमा नाङ्गो खुट्टा १ सय ३३ किलोमिटर यात्रा पैदल तय गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ उच्चारण गर्दै प्रत्येक दिन १५ विश्राम स्थलमा राती विश्राम गरी सो दुरी तय गर्ने यस धार्मिक यात्राले नेपाल भारतको सम्बन्धलाई समेत जोडने काम गरेका हुन ।

नेपालको १ सय ५ र भारतको २८ गरी कुल एक सय ३३ किलोमिटर लामो पैदल धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा सुरु भएका हुन् । यस अघि नवौँ दिनको विश्राम स्थल पर्वत रहेको थियो ।  परिक्रमाको दसौँ दिन यात्रीहरू धनुषा धाम पुगेको छ।

सीताजीसँग स्वयंवर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा धनुषा धाममा खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात रहेको हो। विवाह पञ्चमी तथा राम नवमीका बेला पनि ठूलोमेला लाग्ने धनुषा धाम स्थित पोखरी, वाणगंगा नदी एवं उत्तर पट्टी करिब ५ सय बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाइएको छ ।

 माध्यमिकी परिक्रमा यात्राको नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्राम स्थल रहेको छ। मिथिला माहात्म्यमा विश्राम स्थलका पौराणिक एवं धार्मिक महत्त्वबारे बेग्लाबेग्लै रूपमा चर्चा गरिएको स्थलप्रति भक्तजनमा अटुट विश्वास रहेको हो।
 
परिक्रमामा भारतको अयोध्या, मथुरा, हरिद्वार, दरभंगा, सीता मढी, बैजनाथधामका साधुहरू उल्लेख्य रूपमा सहभागी हुने गर्छन् भने नेपालका विभिन्न स्थलबाट प्रतिनिधिमूलक उपस्थित साधु सन्तको रहने गरेको छ।

यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेक पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने एवं मोक्ष प्राप्ति हुने धार्मिक मान्यता रहेको साधु सन्तहरूको दाबी रहेका हुन् । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको हो।

मध्य परिक्रमा अर्थात् पञ्च कोसी परिक्रमा नेपाल–भारतको ८० कोशको वृत्ताकारमा घुमी मनाइने गरिन्छ । नेपाल र भारतको १५ विश्राम स्थलमा फागुन अमावस्यादेखि सुरु गरी फागुन पूणिर्मासम्ममा यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्राम स्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्त्विक महत्त्व रहेका छन् ।

हनुमान गढी, कल्याणेश्वर, गिरिजा स्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड, कञ्चन वन, पर्वत, धनुषा धाम, सतोषर, औरही, करुणा र विशालको परिक्रमा गरिन्छ । परिक्रमाको अन्तिम विश्राम स्थल जनकपुरधाममा तिर्खालु पुगी विश्राम लिन्छन् । यहाँ राति विश्राम लिएपश्चात् अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन् । जानकी र राम मन्दिरलाई केन्द्रबिन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन् । यससँगै मिथिलामा होली प्रारम्भ हुन्छ ।

जानकारहरूका अनुसार करिब सन् १८९० तिर साधु सन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमा प्रारम्भ गरिएको थियो । सो समयमा बन जङ्गलका बाघ भालुले यहाँ बस्ने साधु सन्तलाई आहारका रूपमा आक्रमण गरी खाने गरेकाले त्यस्ता जनावरहरूलाई धपाउनका लागि साधुसन्तहरुले परिक्रमाको थालनी गरेको विश्वास गरिन्छ ।

तत्कालीन मिथिला विहारी मन्दिरका जिउँदै समाधि लिएका महन्थ लाढली लाल जी शरण तथा जनकपुरधाम स्थित रत्न सागर स्थानका महन्थ बाबा नारायण दासजीहरूले मिलेर परिक्रमा सुरु गरेको छ। दुई जना महन्तहरू केही मात्र साधुसन्तहरुलाई लिएर टाउकोमा डोला राखी परिक्रमा गर्ने गरेका थिए ।



नयाँ