arrow

राष्ट्रिय आविष्कार केन्द्रका लागि एनआरएनएले एक करोड रुपैंयाँ सकंलन गर्ने

logo
प्रकाशित २०७७ चैत ९ सोमबार
nrna-final.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि कम्तीमा एक करोड रुपैयां सहयोग जुटाउने उद्देश्यले अर्थ संकलन अभियान शुरु गरेको छ । उक्त रकम आविष्कार केन्द्रमा अत्यावश्यक ठानिएको फलाम तथा स्टील काट्ने लेजर मेशिन खरिदका लागि खर्च गरिने छ  ।

गत शनिवार गैरआवासीय नेपाली संघले राखेको ‘मेक इन नेपाल’ नामको भर्चुअल कार्यक्रम कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनसँग एनआरएनएका भूतपूर्व तथा वर्तमान अध्यक्षले अन्तरक्रिया गरेका थिए ।

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष कुल आचार्यले पाँच लाख रुपैयां दान दिने घोषणा गरि शुरु भएको सो अभियानमा संस्थाका वर्तमान अध्यक्ष कुमार पन्तले पनि पाँचै लाख रुपैंयाँ थपे।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष सोनाम लामाले पनि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे  । कार्यक्रमको अन्त्यसम्म करिव २५ लाख रुपैया उठ्यो भने बाँकी रकम उठाउन संसारभर छरिएर रहेका एनआरएनएका शाखाहरुमा सर्कुलर गरिने जानकारी अध्यक्ष कुमार पन्तले दिए ।

विदेशमा आफुले सिकेको सीपलाई आविष्कार केन्द्रमा गएर पुनस् प्रयोग गर्ने अवसर पुनले दिएको उल्लेख गर्दै अध्यक्ष पन्तले आफूलाई नेपालको भविष्य यही केन्द्रसँग जोडिएको छ भन्ने महसुस भएको बताए । गैरआवासीय नेपाली संघका साथीहरुसँग उक्त केन्द्रको भ्रमण गर्दा आफूहरुलाई सँस्थागत सहयोग गर्नुपर्छ भन्ने भावना मनमा आएको कुरा उनले व्यक्त गरे ।

गैरआवासीय नेपाली संघका एसिया क्षेत्रीय उपसंयोजक पारसमणि पोख्रेलले रोचक ढंगले सन्चालन गरेको उक्त कार्यक्रममा डा। महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको ‘भर्चुअल टुर’ गराएका थिए । केन्द्रमा रहेका वायोमेडिकल कक्ष,  स्वास्थ्य सामग्री, शैक्षिक सामग्री तथा कृषि र पर्यटन कक्षहरुको भ्रमण गराउँदै उनले केन्द्रमा सबैभन्दा बढी कृषि औजार  तथा सामग्री  निर्माण तथा आविष्कारको माग आएको उल्लेख गरे ।

कार्यक्रममा पुनसंग भलाकुसारी गर्दै गैरआवासीय नेपाली संघका सँस्थापक अध्यक्ष डा। उपेन्द्र महतोले पैसाको कमी भएको नठानी काम गर्नु नै महावीर पुनको महानता भएको उल्लेख गरे  । त्यस्तै पुनले डा. महतोलाई वायोमेडिकल क्षेत्रमा लगानी गर्न अनुरोध गरे । संघका पूर्व अध्यक्ष जीवा लामिछानेले एनआरएनएसंग सहकार्य गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्र एक भरपर्दो पार्टनरको रुपमा रहेको उल्लेख गरे।  

पूर्व अध्यक्ष भवन भट्टले जापानले उपभोक्ताहरुले रुचाउने वस्तुहरु उत्पादन गरेर संसारभरि बिक्री गरी मुलुकलाई धनी बनाएको चर्चा गरे।  उनले झन्डै ५० लाख नेपालीहरु नेपाल बाहिर बसोबास गरिरहेको बताउंदै उनीहरुले रुचाउने खाद्य सामग्रीहरु तथा अन्य उत्पादनहरू गैरआवासीय नेपाली संघकै च्यानल प्रयोग गरी निर्यात गर्न सुझाव पनि दिए। 

राष्ट्रिय आविष्कार केन्द्रलाई सक्दो सहयोग गर्ने उद्देश्यले बेलायतमा गठित ‘फ्रेन्ड्स अफ एनआइसी नेपाल’ का अध्यक्ष इ.हरिकृष्ण न्यौपानेले राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामहरुको डेटाबेस तयार पार्ने काम पुरा भैसकेको उल्लेख गरे । नेपालमा इन्टरनेट र बिजुली नभएका ठाउँका विद्यार्थीहरुलाई पठन पाठनमा सघाउने उदेश्यले आफूहरुले माइक्रोसफ्ट कम्पनीसँग सहकार्य गर्न गइरहेको पनि उनले जनाए  ।

सो अवसरमा अभियन्ता पुनले नेपालमा १० मेगावाट सम्मको एक जलविद्युत योजना निर्माण गरी त्यसबाट प्राप्त हुने मुनाफाले राष्ट्रिय आविष्कार केन्द्र चलाउने आफ्नो सोचबारे पनि चर्चा गरेका थिए। -जीएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ