- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । लेखक रत्न प्रजापतिको नयाँ बालकथा सानुकाजीको बुँख्याःचा प्रकाशित भएको छ । उपत्यकाको नेवार किसानको पारिवारिक परिवेशमा हुर्किरहेको बालकको यो कथा निकै नै आकर्षक छ ।
राजकुमार प्रजापतिका लोभलाग्दो चित्रले कथालाई झनै रोचक बनाइदिएको छ । कथा किसान तुइकाजी दाइचाको ९/१० वर्षको एकदमै जिज्ञासु छोरा सानुकाजीबाट सुरु हुन्छ । तुइकाजी जीवजन्तुबाट धान जोगाउन खेतको बीचमा बुँख्याःचा राख्छन्। मान्छेजस्तै देखिने सानुकाजीकै लुगा लगाएको बुँख्याःचा देख्दा सानुकाजीलाई सुरुमा त अचम्म लाग्छ।
तर यो बुँख्याःचा मान्छेजस्तो देखिने मात्रै हैन सानुकाजीसँग मान्छेजस्तै गरी बोल्न थाल्छ। त्यसपछि सानुकाजी र बुँख्याःचाबीच मित्रता बढ्दै जान्छ। उनीहरू मिलेर गाईबस्तु र चराचुरुङ्गीबाट धान जोगाउने योजना बनाउँछन्। बालमानोविज्ञानका लागि अत्यधिक रुचाइने किसिमले तयार पारिएको यो कथा कथालय ईंकले बजारमा ल्याएको हो ।