arrow

टोकियोमा फेरि बढे सङ्क्रमित, बुधवार यो महिनाकै सबैभन्दा धेरै

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
japan-economy.jpg

टोकीयो। जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार टोकियोमा बुधवार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । 

योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या एक लाख १८ हजार ४६१ पुगेको छ । टोकियोमा बुधवार दोस्रो पटक दैनिक सङ्क्रमितको सङ्ख्या ४०० नाघेको हो । यसअघि अघिल्लो एक दिनमा ४०९ जना सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरूका अनुसार राजधानी टोकियोमा गत मङ्गलवार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए ।टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएपछि सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको हो । 

कतिपय स्थानीय अधिकारीहरूले भने सार्वजनिक र ठुला कतिपय कार्यक्रमहरूका कारण सङ्क्रमण थप फैलिएको दाबी गरेका छन् । पछिल्लो सात दिनमा औसतमा ३०९.७ जना नयाँ सङ्क्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।   

कोरोनाभाइरसबाट प्रभावित मुलुकहरूको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना सङ्क्रमित भएका छन् । 

त्यसै गरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर आठ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरूले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ