arrow

प्लाष्टिकको बोरामा भेटियो बेपत्ता झा दम्पतीको कङ्काल

logo
प्रकाशित २०७७ चैत १२ बिहिबार
jha-.JPG

जलेश्वर । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको बिहिवार अपराह्न कङ्काल फेला परेको छ ।

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुईवटा प्लाष्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पती शव फेला परेका जानकारी दिए ।  दुवै कङ्काल झा दम्पतीकै रहेको निजका छोरा मनिषकुमार झाले पहिचान गरेको प्रहरी नायब महानिरीक्षक सिंहले बताए ।

मृतकका छोरा मनिषले बुवालाई उनले लगाएको कपडा र आमालाई उनले लगाएकी चुरा र पोतेको आधारमा पहिचान गरेको उनले जानकारी दिए ।

 बिहिवार दिउँसो पिपरा-२ स्थित पिपरा-धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले नयाँ-नयाँ पुरिएको माटो मिलाउन खोज्दा स्काभेटरको बकेटमा कङ्काल रहेको बोरा आएपछि झा दम्पतीको पत्ता लागेको हो ।

घटनास्थलमा प्रदेश नं २ को प्रहरी , जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सहोडवाका टोली पुगी दुवै कङ्कालको उत्खनन गरी आवश्यक जाँचका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको जनाएको छ ।

झा दम्पतीको खोजतलासका लागि प्रहरीले जिल्लाको ४२ पोखरीमा खोजतलास गरिसकेको थियो भने चार दर्जन बढी व्यक्तिलाई सोधपुछ गरिसकेको थियो । त्यस्तै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिकसमेत गरिसकेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ