- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २-१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो ।
सन्जोक राई र विशाल राईले गरेको गोलले नेपाललाई च्याम्पियन बनेको हो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए । विश्वकप छनोटको खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गरेको थियो ।
च्याम्पियन बनेसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो ।