arrow

सङ्खुवासभामा बस दुर्घटना : ३२ यात्रु घाइते, १३ को अवस्था गम्भीर

logo
प्रकाशित २०७७ चैत २० शुक्रबार
accident-sankhuwashaba.jpg

काठमाडौँ ।  सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको बस धर्मदेवी नगरपालिका-४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन्।

को १ख २८२४ नम्बरको शुभम् डिलक्स बस धर्मदेवी-४मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका हुन । इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार घाइते मध्य १३ जनाको अवस्था गम्भीर छ ।

बस दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाइते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ।  

बस चालक र सहचालक फरार रहेका छन्। दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ