arrow

घरको मिटर छुँदा पाख्रिन दम्पतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
death_1618213452.jpg

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका-९ शान्ति चोकमा सोमवार बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अंशु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले बताए ।  

उनका अनुसार बिहान ९ बजे पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

 मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ