arrow

नेपालको पहिलो फ्रेन्चाइज फुटबल एनएसएलको उद्घाटनमा काठमाडौं र ललितपुर

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३१ मंगलबार
nsl-league.jpg

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आगामी बैशाख ११ गतेदेखि हुन गइरहेको लिगको खेल तालिका सार्वजनिक गरेको हो । 

उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच भिडन्त हुनेछ । उद्घाटन खेल साँझ ५ः३० बजे हुनेछ । 

दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछन् । जेठ १ गते फाइनल खेल हुने लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

लिगमा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

लिगमा सहभागी टिमले अक्सनबाट खेलाडी छनोट गरिसकेको छ । मार्की खेलाडी र प्रशिक्षकसमेत लिएर तयारी तीव्र पारिएको कछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ