arrow

एएफसी कपमा आर्मी दोस्रो चरणमै रोकियो, बेंगलुरुसँग फराकिलो हार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
afc-army-bengalaru.jpg

काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब पहिलो पटक खेलेको एएफसी कप प्ले अफको दोस्रो चरणमै रोकिएको छ । पहिलो चरणमा आकर्षक खेल खेलेर दोस्रो चरणमा पुगेको आर्मी भारतको बेंगलुरु एफसीसँग फराकिलो हार बेहोर्दै बाहिरिएको हो । 

गोवास्थित जीएमसी स्टेडियममा बुधबार राति सम्पन्न भएको खेलमा आर्मी बेंगलुरुसँग ५–० गोल अन्तरले पराजित भएको हो ।

बेंगलुरुलाई जिताउन राहुल भेके र सेलिटन सिल्भाले २–२ गोल गरे । कप्तान एवं भारतीय राष्ट्रिय टिमकै कप्तान सुनिल क्षेत्रीले एक गोल गरे । 

यस हारसँगै आर्मीको एएफसी यात्रा रोकिएको छ । बेंगलुरुले अर्को चरणमा बंगलादेशको अबहानी लिमिटेड र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ ।

पहिलो खेलमा आर्मीले घरेलु मैदानमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५–१ गोल अन्तरले हराएर आर्मीले बेंगलुरुसँगको भेट पक्का गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ