arrow

‘स्वामी आनन्द देब’ बने एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
Bhawan bhatta.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)का निबर्तमान अध्यक्ष भवन भट्टले आध्यात्मिक जागरणको नयाँ जीवन सुरु गरेका छन् । ओशो तपोबन नागार्जुन काठमाडौंमा तीन दिने आबासीय शिविर सम्पन्न गरेपछि स्वामी आनन्द अरुणले भट्टलाई दिक्षा दिएका छन् ।

उनलाई ‘स्वामी आनन्द देब’ को रुपमा ओशो सन्यासीको नामाकरण गरिएको छ । ध्यान साधनाको नयाँ जीवन सुरु गरेका ओशो सन्यासी पुरुषहरुलाई ‘स्वामी’ र महिलाहरुलाई ‘माँ’ भनेर सम्बोधन गर्ने गरिन्छ ।

भट्टले योग र ध्यानको प्रयोगबाट आफुलाई रुपान्तरण गर्ने प्रयास केही समय अघिबाट गरेको र अब दिक्षित भएर त्यस मार्गलाई अझ फराकिलो बनाउने प्रयास गरेको बताएका छन् ।

आफुले बिभिन्न कोणबाट जीबनको गहिरो अनुभब संगालिसकेको र अतृप्त चाहाना धेरै नभएकोले सन्यासको यात्रा सहज् हुने विश्वास गरेको बताए । रोमान्टिक स्वभावका ‘भट्ट हसिबा खेलिबा धरिबा ध्यानम’ (हाँस्दै खेल्दै ध्यानमा उत्रिनुस) को कबीर बाणीको धरातलीय यथार्थ ओशोको ध्यान बिधिमा रहेकोले आफुलाई ओशो सन्यासी बन्न प्रेरणा मिलेको हो भन्छन् ।

भौतिक बिकासको आजको चरम अवस्थामा मानिस झन बढी दुखी र संसार झन बढी अशान्त हुँदै गएकोले हरेक मानिस भित्र प्रेम र करुणा भावको बिकास गराउन सकिएन भने प्रख्यात बैज्ञानिक स्टेफेन हकिन्सले भने झैं पृथ्वीको आयु एकसय बर्ष भन्दा बढी नरहने कुरा प्रमाणित हुने बताइन्छ ।

आध्यात्मिक गुरु ओशोले संसारमा भएका सामाजिक क्रान्तिले पृथ्वी शान्त हुन नसक्ने तर हरेक ब्यक्तीमा प्रेम करुणा जगाउन सके कुनै युद्ध हुन नसक्ने बताएका छन् । ध्यानका आधुनिक बैज्ञानिक ओशोका सात सय बढी पुस्तकहरु, हजारौं श्रब्य दृश्य सामाग्रीहरु ५० भन्दा बढी भाषामा उपलब्ध छन । विश्वका असी बढी देशहरुमा ओशो आश्रम र ध्यान केन्द्रहरु सन्चालित छन् ।-जिएनएन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ