arrow

कर्णाली प्रदेशमा एमाले सांसदद्वारा फ्लोर क्रस : मुख्यमन्त्री शाहीले पाए २२ मत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३ शुक्रबार
mahendra-bahadur-shahi-chief-minister.jpg

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले सांसदले फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाहीको पद जोगाइ दिएका छन् ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सभामा विश्वासको मत मागेकोमा २२ मत पाएका हुन् । उनलाई नेकपा एमालेका सांसदहरूले समेत मत दिएका छन् ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत आवश्यक पर्नेमा शाहीले २२ मत पाएका हुन् । त्यहाँ उनको दल नेकपा माओवादी केन्द्रको जम्मा  १२ जना सांसद थिए ।

यस्तै उनलाई कर्णाली प्रदेश कांग्रेसले समेत सघाएको छ । त्यहाँ कांग्रेसका ६ सांसद छन् । एक सदस्य रहेको राप्रपा भने कुनै पक्षमा खुलेन ।

यसरी शाहीलाई साथ दिनेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन् । बुढा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन् । उनी शाही सरकारमा मन्त्री थिए ।  ज्वाला माधव नेपाल पक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी शाही सरकारमा अर्थमन्त्री थिए । अन्यसमेत नेपाल पक्षका सांसद हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ