arrow

महेन्द्रबहादुर शाहीको पद जोगाउने तीन मन्त्रीले खाए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ६ सोमबार
karnali-floor-cross-mantri.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ ग्रहण गरेका छन् । उनीहरुलाई आइतबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् । 

प्रदेश प्रमुख कलौनीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार विकासमन्त्री अम्मरबहादुर थापा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई पद तथा गोपनीयताको शपथ गराए । थापा र शाही नयाँ मन्त्री भए पनि पर्यटनमन्त्री बुढालाई पुनः त्यही मन्त्रालय दिइएको छ ।

निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालासहित नवनियुक्त मन्त्रीत्रय बुढा, थापा र शाहीले नेकपा एमालेले जारी गरेको ह्वीप तोडेर वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रस्ताव गरेको विश्वासको मतका पक्षमा मतदान गरेका थिए । 

मुख्यमन्त्री शाहीको सरकार जोगाउन फ्लोर क्रस गर्ने नेता ज्वालासहित नवनियुक्त मन्त्रीत्रय माधव नेपाल समूहका रहेका छन् । मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने नेता ज्वाला भने मन्त्री बनेका छैनन् । 

मन्त्रीत्रयलाई नेकपा (एमाले) कर्णाली प्रदेश समितिले शनिबार पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरिसकेको प्रेस वक्तव्यमार्फत जानकारी गराएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ