arrow

गोली लोड भएको पेस्तोल सहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
gun.JPG

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गोली लोड भएको पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुस्ता गाउँपालिका वडा नम्बर ५ तरैनी बस्ने वर्ष २२ का सुनिल भेडियार पाल रहेका छन् ।

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे चार बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यु पी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक सुस्ता गाउँपालिका वडा नम्बर ५ तरैनी बस्ने भेडियार पालको साथबाट एक राउन्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्यागेजिन सहितको पेस्तोल सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगर नारायणी नदिको ठोक्कर नं ४ बाट फेला पारेको हो ।

 बरामद भएको पेस्तोल, गोली र भेडियार पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ