arrow

भगवान रामबाट सिक्न सकिने अर्थसँग जोडिएका आधादर्जन चिज 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
bhagwan-ram.JPG

काठमाडौं । बुधबार राम नवमी । भगवान रामको पूजा आराधना गर्ने दिन । रामसँगै जोडिएर आउने पत्नी सीता, भाइ लक्ष्मण र हनुमानको पनि पूजा गरिन्छ । भगवान रामसँग जोडिएका छ चिज जसले हामीलाई जुनसुकै बेला पनि काम आउन सक्छ र त्यो महत्वपूर्ण छ । रामायणले यी छ चिजलाई अझ राम्रोसँग व्याख्या गरेको छ । 

१, स्वास्थ्य बिमाः हामीलाई स्वास्थ्य बिमाको जतिबेला पनि जरुरी पर्न सक्छ । रामायणमा जब लक्ष्मणको शरीरमा तीर लाग्यो तब हनुमानले संजीवनी बूटी लिएर आएर लक्ष्मणको ज्यान बचाए । अहिलेको जमानामा संजीवनी बूटी ल्याइदिने हनुमान पाउन त गाह्रो छ । तसर्थ सही उपचारका लागि स्वास्थ्य बिमा जरुरी छ । कतिबेला खराब समय आउँछ पत्तो हुँदैन । अहिले कोरोना भाइरसको महामारी छ । यस्तै खराब समयमा आउने त्यस्ता रोगको सही उपचारका लागि आफूसँग भएको रकम खर्च हुनबाट बिमाले बचाउँछ । 

२, आपतकालीन कोषः भनिन्छ विपद् बाजा बजाएर आउँदैन । तसर्थ उक्त विपदबाट पार पाउनका लागि पनि आपतकालीन कोष बनाएर राख्नु जरुरी छ । भगवान रामले सुख सुविधा त्यागेर १४ वर्ष वनवास जानु परेको थियो । अहिले त कसैले सुख सुविधा त्याग्न खोज्दैन । तर त्यसबाट सिक्न के सकिन्छ भने विपद कतिबेला आउँछ पत्तो हुँदैन । खाँदै आएको जागिर गए के गर्ने ? त्यसका लागि कम्तीमा एक वा आधा वर्षका लागि पुग्ने आपतकालीन कोष खडा हुनु जरुरी छ । कोरोनाको महामारीले त्यो पाठ सिकाएको छ । 

३, आर्थिक बजेटः आर्थिक बजेट लक्ष्मण रेखा जसरी नै बचाउनु जरुरी छ । यो रेखा पार गर्दा सीतालाई परेको विपद् जस्तै हुन्छ । तसर्थ त्यो रेखा पार गर्न पाइँदैन । आर्थिक विपद्बाट बच्नका लागि आर्थिक अनुशासन जरुरी छ । आर्थिक अनुशासनका लागि मासिक एउटा बजेट बनाउनु पर्छ । ताकि महिनाको अन्त्यमा कति खर्च हुँदो रहेछ भनेर हिसाब आउँछ । त्यसले आम्दानी र खर्चको लेखा राख्न सजिलो हुन्छ । तब आफूलाई अनुभूति हुन्छ कि कति कमाईमा कति खर्च भयो । यसले अनावश्यक खर्च कटाउन मद्धत गर्छ । 

४, दूरदर्शी र संयम जरुरीः वनवासका बेलामा रामले कयौं समस्याको सामना गरे । सीताको हरणका समयमा भगवान रामले धैर्य र संयम राखेरै काम गरी योजना बनाएकाले नै रावणलाई मारेर सीतालाई स्वतन्त्र बनाए । यसरी नै विपद्का बेलामा आर्थिक संकटबाट डराउनु हुँदैन । संयमसाथ काम गर्नुपर्छ र त्यसको समाधान गर्नुपर्छ । यसका साथै दूरदर्शी हुनु जरुरी छ । त्यसले विपद् भगाउन मद्धत गर्छ । 

५, खराब समयलाई भुलेर अगाडि बढौंः भगवान रामले रावणसँग १४ दिनसम्म युद्ध गर्नुपर्यो । त्यसपछिमात्र उनलाई विजय प्राप्त भएको थियो । युद्धका समयमा रामले कयौं पीडाको सामना गर्नुपर्यो । तर उनले १४ वर्ष वनवास सकिएपछि खराब समयलाई भुलेर अयोध्यामा गएर राजकाज सम्हाले । यसरी नै खराब समय भुलेर अगाडि बढ्नु जरुरी छ । यसबाहेक गलत फैसलाबाट पनि सिक्नु जरुरी छ । 

६, एकैठाउँमा मात्र लगानी नगरौंः भगवान रामले जब सीताले भनेर हरिण पक्रन गए तब रामले आग्रह माने । तर राम तत्कालै फर्किएर आएनन् । अनि सीताले लक्ष्मणलाई पठाइन् । तब रावणलाई सीता अपहरण गर्ने मौका मिल्यो । यसबाट सिक्नु पर्यो कि कहिल्यै आफ्नो पूरै पैसा एकै काम वा ठाउँमा लगानी नगरौं । आफ्नो हैसियतअनुसार विविधता राख्नु जरुरी छ । किनकि जरुरी छैन कि जहाँ तपाई पैसा लगानी गर्नुहुन्छ त्यहाँबाट फाइदा नै होस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ