arrow

हप्ता दिन देखि कर्णालीमा इन्टरनेट सेवा अवरुद्ध

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
karnali-internet.JPG

मुगु । हप्ता दिन देखि कर्णाली अञ्चलका ५ जिल्लाहरूमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत २ गते दैलेख र कालिकोट सिमाना महावुलेखमा रहेको नेपाल टेलिकमको रेडियो लिङ्कमा चट्याङ्गले हानेपछि साबिकका कर्णाली अञ्चलका जिल्लाहरूमा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

कर्णाली प्रदेशका कालिकोट,जुम्ला,हुम्ला,मुगु र डोल्पा जिल्लामा एक सातासम्म इन्टरनेट सेवा नहुँदा मुख्य गरी इन्टरनेट जन्य कार्यबाट सेवा लिन र दिने समस्या भएको छ । रेडियो लिङ्क मार्फत नेपाल टेलिकमले दिँदै आएको फोर्जी सेवा र एडिएसएल सेवा अवरुद्ध भएपछि मुख्य गरी बैक तथा वित्तीय संस्थाहरूको सेवा प्रवाहमा समस्या परेको हो ।

मुगु जिल्लामा रहेका ५ वटा वाणिज्य बैक र दर्जन बढी अन्य सहकारीहरूले आफ्नो वित्तीय सेवाहरू एडिएसएल इन्टरनेटको प्रयोग मार्फत दिँदै आएका थिए । एक साता देखि यो सेवा अवरुद्ध भएपछि अहिले ती संस्थाहरूलाई नगद भुक्तानी,जम्मा,ऋण लगानी,किस्ता जम्मा लगायत कार्यहरूमा समस्या आउँदा सेवाग्रहीहरुलाई सेवा दिन नसकिरहेको वाणिज्य बैक मुगुका प्रबन्धक हरिन्द्र बोहोरा बताए ।
 
राष्ट्रिय वाणिज्य बैक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएल सहित मर्केनटाईल कम्पनीको सेटेलाईट इन्टरनेट सेवा पनि राखेकोले बैकमा आउने सेवाग्रहहीहरुले ढिलो भए पनि सेवा पाइरहेका छन् तर एनटिसि कै भरमा चलेका अन्य बैक तथा वित्तीय संस्थाहरूले भने हप्ता दिन यताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन् ।
 
 बैक मात्र हाई इन्टरनेट सेवा नहुँदा सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूका इन्टरनेट जन्य काम पनि अवरुद्ध भएका छन् । स्वयं टेलिकमले आफ्ना बिलिङ सेवा दिन सकिरहेको छैन ।  टेलिकम मुगुका प्रमुख विशाल कुमार देवकोटा भन्छन् महावुमा बिग्रेको उपकरण मर्मतका लागि प्राविधिक टोली बुधवारै बिहान हिँडिसकेको  आफूले जानकारी पाएको र मौसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेख चढ्न समस्या आएकाले सेवा अवरुद्ध लम्बिनुको कारण भएको र सम्भव बिहीबारसम्म अवरुद्ध इन्टरनेट सेवा सञ्चालनमा आउनेछ ।

समयमा मर्मत नगर्दा एडिएसएल र नेट डाटाको पैसा तिरेर प्याकेज लिएका सेवाग्राहीहरूको अवधि विना प्रयोग सकिने भएपछि उनीहरू मर्कामा परेका छन् । गत चैत महिनाको १० गतेबाट पनि एक हप्तासम्म कर्णाली जिल्लाहरूको इन्टरनेट सेवा अवरुद्ध भएको थियो । प्राय महिनै पिच्छे समस्या आइरहने भए पनि यसको दीर्घकालीन समाधान तर्फ टेलिकमले चासो देखाएको छैन सेवाको नाममा कछुवा गतिको इन्टरनेट सेवा दिँदै आएको छ । यहाँका सेवाग्राही टेलिकमको विकल्प नहुँदा जस्तो सेवा भए पनि इन्टरनेट सेवा दिन बाध्य छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ