arrow

राष्ट्रिय सभा उपनिर्वाचनको मनोनयन दर्ता २४ वैशाखमा

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख १२ आइतबार
national-assembly-nepal.JPG

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक पदमा ६ जेठमा हुने उपनिर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको छ । 

आयोगको आइतबार बसेको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनका लागि निर्वाचन कार्य तालिका स्वीकृत गरेको हो । जसअनुसार २४ वैशाखमा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन तोकिएको छ । 

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार २१ वैशाखमा मतदाता नामावली प्रकाशन तथा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते निवेदन तथा उजुरी उपर छानबिन र कारबाही गर्ने, २३ वैशाखमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने गरी निर्वाचन कार्य तालिका जारी भएको हो । 

यसैगरी २४ वैशाखमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने तथा मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २५ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, र २७ वैशाखमा उम्मेदवारको नामावली प्रकाशन हुने छ । 

यस्तै २८ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।  

आयोगले ६ जेठमा बागमती प्रदेशको अन्य समूह तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त पदमा उपनिर्वाचन हुने यसअघि नै भनिसकेको छ । यस्तै बागमती प्रदेशको राजधानी हेटौँडामा उपनिर्वाचनका लागि मतदान हुने आयोगले जनाएको छ । आयोगले मतदानको समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्धारण गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ