arrow

काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई, लापोर्टे ठहरिए निर्णायक  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
manchester-city-carabao-cup.jpg

काठमाडौं । काराबाओ कप (इएफएल) फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको फाइनलमा टोटनह्याम हट्सपरलाई १–० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीलाई जिताउन एम्रिक लापोर्टेले निर्णायक गोल गरे । उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए । 

सिटीले काराबाओ सबैभन्दा धेरै पटक जितेको रेकर्ड बराबरी गरेको छ । सिटीले लगातार चौंथो सिजन उपाधि जितेको हो ।

अहिलेसम्म कसले कति पटक जिते उपाधि
सिटीले आठौं पटक काराबाओ कपको उपाधि जितेको छ ।  लिभरपुलले पनि आठ पटक उपाधि जितेको छ । 

टोटनह्यामले चार पटक जितेको छ ।



नयाँ