arrow

कर्णाली प्रदेश सभाका चार सदस्यको पद रिक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १३ सोमबार
pradesh-7-meeting.JPG

काठमाडौँ । नेकपा एमालेको कारबाहीमा परेका कर्णाली प्रदेशसभामा चार प्रदेश सभा सदस्यहरूको पद रिक्त भएको छ । प्रदेशसभाको सोमबारको बैठकमा सभामुख राजबहादुर शाहीले नेकपा एमालेले सचिवालयमा दर्ता गराएको दल त्याग सम्बन्धी सूचना सुनाउँदै चार सांसदको पद रिक्त भएको जानकारी दिएका हुन ।

जसअनुसार दैलेखको निर्वाचन क्षेत्र नम्बर एक ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद अम्मरबहादुर थापा, कालिकोट ‘क’बाट निर्वाचित कूर्मराज शाही, डोल्पा ‘क’बाट निर्वाचित नन्दसिंह बुढा, सल्यान एक ‘ख’बाट निर्वाचित प्रकाश ज्वालाको पद रिक्त भएको हो ।

सो प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारका पक्षमा पार्टी निर्णय विरुद्ध उभिएपछि ती सांसदहरूलाई एमालेले कारबाही गरेको थियो । कारबाहीमा परेका मध्ये ज्वालाबाहेक अन्यलाई शाहीले मन्त्री बनाएका छन् ।

चार सांसद रिक्त भएपछि ४० सदस्यीय प्रदेशसभामा अब ३५ सदस्य मात्रै बाँकी हुनेछन् । नेकपा माओवादीबाट निर्वाचित दैलेख निर्वाचन क्षेत्र नम्बर एक ‘क’बाट निर्वाचित सांसद धर्मराज रेग्मीको पद यसअघि नै रिक्त भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ