arrow

हेटौँडामा कडाइ : कोरोना परीक्षणको दायरा बढाइने, व्यवसायमा आलोपालो सिस्टम

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
heatauda.jpg

हेटौँडा । मकवानपुर प्रशासनले जिल्लामा थप कडाइ गरेको छ । सोमबार हेटौँडा स्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ ।

कोरोना सङ्क्रमण दर बढ्दै गएकाले हेटौँडामा पिसिआर परीक्षणको दायरा बढाइने भएको छ ।आजको बैठकले परीक्षणको सङ्ख्या समेत बढाउनुपर्ने भएको हुँदा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा रहेको पिसिआर मेशिनलाई समेत स्वाब परीक्षण गर्ने कार्यमा प्रयोग गर्न किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडालाई अनुरोध गर्ने निर्णय भएको हो ।

यस अघि किटजन्यमा रहेको प्रयोगशालामा कोभिड १९ परीक्षण गरिएको थियो हाल हेटौँडा अस्पतालमा रहेको पिसिआर ल्याबमा कोरोनाको परीक्षण भइरहेको छ ।त्यस्तै मकवानपुर जिल्ला भर विद्यालय, कलेज, ट्युसन सेन्टर लगायतका शिक्षण संस्थाहरूबाट भौतिक रूपमा उपस्थित भई हुने पठनपाठन र सबै प्रकारका परीक्षाका कार्यक्रमहरू (सञ्चालन भइरहेका समेत) आजैका मितिदेखि गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्लाभित्रका होटेल, रेस्टुरेन्ट तथा रिपोर्टहरूमा विवाह, व्रतबन्ध, बर्थडे मनाउने लगायतका भिडभाड हुने कुनै पनि कार्यक्रमहरू आयोजना गर्न पूर्णरूपीमा रोक लगाउने, हेटौडा बजार क्षेत्रमा फुटपाथमा गरिने स्ट्रिट फुड व्यापार लगायतका अन्य सबै प्रकारका फुटपाथ व्यापार व्यवसायहरू तत्काल बन्द गर्ने, दिन तोकी आलोपालो गरी व्यवसाय सञ्चालन गर्ने, हेटौडा बसपार्कस्थित तरकारी बजार र माछा मासु बजार एवं खोपेगल्लीस्थित तरकारी बजार बिहान ४:०० बजेदेखि बिहान ८:०० बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै जिल्लाको दक्षिणी नाका रातो माटे हुँदै हेटौँडा आउने यात्रुहरूको ज्वरो परीक्षण गरिने भएको छ । जिल्लामा प्रवेश गर्ने यात्रुहरूको हेटौँडा बस पार्कमा ज्वरो नाप्ने/परीक्षण गर्ने, साबुन पानीले हात धुन लगाउने, मास्क र सेनेटाइजरको प्रयोग गर्न लगाएर मात्र पठाउने व्यवस्था गर्ने निर्णय गरेको हो । बैठकमा कोरोना रोकथाम र नियन्त्रणका लागि यात्रुहरूलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउनको लागि सामुदायिक प्रहरीसँग समन्वय गरी रोटरी क्लब, जेसीस तथा लायन्स क्लबहरूले आपसी सहयोगमा सञ्चालन गर्ने/गराउने व्यवस्था मिलाउने निर्णय भएको हो ।

त्यस्तै बैठकले भोलि १४ गतेदेखि जिल्लका पार्टी प्यालेस पूर्ण रूपमा बन्द गराउने निर्णय गरेको छ । अर्को निर्णय नभएसम्मका लागि ७ वैशाखमा भएका निर्णय नं.१.६ अनुसार विवाह वा बतबन्धलाई पार्टी प्यालेस प्रयोग गर्नु पर्न भएमा पूर्व स्वीकृति दिने प्रावधानलाई खारेज गरी पार्टी प्यालेसलाई पूर्ण रूपमा बन्द गराउने निर्णय गरिएको हो ।

त्यस्तै बैठकले कोभिड-१९ को सङ्क्रमणको परिस्थितिलाई मध्यनजर गरी विगतमा सञ्चालनमा रहेका आइसोलेसन सेन्टरहरू पुनः सञ्चालन गर्ने र जिल्लामा सञ्चालनमा रहेका सबै आइसोलेसन सेन्टरहरू सम्बन्धित स्थानीय तहहरूले पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ