arrow

शक्ति र प्रभाव प्रदर्शनमा बेलायत, तनावपूर्ण जलक्षेत्रमा विशाल नौसेना फौज पठाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
UK-Sea.png

काठमाडौं । पछिल्ला बर्षमा बेलायतसँगको सबैभन्दा ठूलो नौसेना फौजले आउँदो मे महिनामा प्रशान्त महासागर हुँदै एक महिना लामो यात्रा गर्ने भएको छ ।

हाम्रो क्यारियर स्ट्राइक ग्रुप (सीएसजी)ले अर्को महिना गर्ने यात्राले, ग्लोबल ब्रिटेनका लागि झण्डा फहराउनेछ सयसँगै हाम्रो प्रभाव, शक्ति, हाम्रा साथीहरूसँगको संलग्नता र हालका सुरक्षा चुनौतीहरूको सामना गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्नेछु, बेलायतका रक्षा सचिव बेन वालेसले सोमबार भनेका छन् ।

युके (बेलायत) पछि हटेको छैन्, बरु २१ औं शताब्दीको अन्तर्राष्ट्रिय प्रणालीलाई आकार दिन सक्रिय भूमिका खेल्न अघि बढिरहेको छु, वालेसले अघि भने ।

एक महिने यात्रामा निश्कने स्ट्राइक समुहको नेतृत्व एयरक्राफ्ट वाहक एचएमएस क्वीन एलिजाबेथले गर्नेछ । यो जहाज बेलायतका दुई विमानवाहकमध्ये एक हो भने, बेलायतले समुद्रमा पठाउने भएको अहिलेसम्मकै ठूलो युद्धपोत हो।

मन्त्रालयका अनुसार यो समुहमा थप दुई विध्वंसक, दुई एन्टी पनडुब्बी फ्रिगेट, एक पनडुब्बी र दुई सहायक आपूर्ति जहाज हुनेछन् ।

यो समुहमा हवाई शक्तिका रुपमा आरएएफ एफ ३५बी र एफ३५ बीएस रहने छन् । यो दुवै फाइटर विमानले एयरक्राफ्ट वाहक एचएमएस क्वीन एलिजाबेथको छतबाट उडान गर्नेछन् ।

गत मार्चमा बेलायतले आफ्नो सैन्य र विदेश नीतिको व्यापक समीक्षा जारी गरेको थियो । जसमा बेलायतले आगामी दशकमा भारत-प्रशान्त क्षेत्रमा झुकावलाई बढी मान्यता दिएको थियो ।

प्रशान्त क्षेत्रमा बेलायतको सम्बन्धलाई थप प्रगाढ बनाउन र भातर, दक्षिण कोरिया, जापान र अमेरिकासँग युद्धअभ्यास समेत गर्नका लाथि एक महिने नौसेना फौंज स्थापनको घोषणा गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

यो फौंजको एक महिना यात्राको निर्धारित रुट कुन हुनेछ भन्ने कुरा बाहर आइसकेको छैन् । तर सिंगापुरसम्म पुग्ने कुरा र दक्षिण कोरिया र जापानसम्म पुग्नका लागि सहज रुट हुनेहुँदा दक्षिण चीन सागरहुँदै जान सक्ने सम्भावना पनि देखिन्छ ।

करिब ३५ लाख बर्गकिलोमिटरको दक्षिण चीन सागर जलक्षेत्रको झण्डै ९० प्रतिशत क्षेत्रमा चीनले आफ्नो दाबी गर्छ । सो क्षोत्रमा अन्य देशका पानी जहाज, एवं युद्धतोपहरुलाई नआउनका लागि चीनले चेतावनी दिने गरेको छ ।

यद्यपी, संयुक्त राष्ट्र संघको कानुनले चीनको दाबीभित्र पर्ने केही केही क्षेत्रलाई अन्तर्राष्ट्रिय जल क्षेत्र भन्छ । चीनले यसको अस्वीकार गर्दै आएको छ ।

बेलायतको यो क्यारियर समूह पूर्वी ताइवानमा पनि पुग्ने अपेक्षा गरिएको छ । चीनले पछिल्लो समय ताइवानलाई कब्जा गर्ने प्रयासहरु पनि बढाएको अवस्था छ ।

यस्तो बेला थुप्रै पन्डुब्बी, युद्धपोत र फाइटरजेटसहितको बेलायती क्यारियर समूहको एक महिने यात्रा अर्थपूर्ण रहने देखिन्छ ।

बेलायतले ‘चीनको बढ्दो शक्ति र अन्तर्राष्ट्रिय दृढता २०२० को दशकको सब भन्दा महत्वपूर्ण भूराजनीतिक कारक हुनसक्ने’ कुरा उसको रक्षा समीक्षामा उल्लेख गरेको थियो ।

यसबसाहेक ‘आर्थिक सुरक्षाका हिसाबले सबैभन्दा ठूलो राज्यमा आधारित खतरा चीन’हुनसक्ने अनुमान समेत बेलायतले गरेको छ ।

चीनको रक्षा मन्त्रालयले यसअघि नै मार्चमा बेलायत र अन्य देशलाई ईगिंत गर्दै ‘नेभिगेसनको स्वतन्त्रताको बहानामा क्षेत्रीय मामिलामा हस्तक्षेप गर्ने र क्षेत्रीय देशको साझा हितलाई हानि पुर्‍याउने कुनै पनि देशको कडा विरोध गर्ने’ बताएको थियो ।



लोकप्रिय समाचार
नयाँ